सुदूरपश्चिम सरकारमा माओवादीः प्रचण्डभन्दा नारायणकाजी हावी

नेकपा माओवादी केन्द्रका सुदूर पश्चिम ईञ्चार्ज तथा सुदूर पश्चिम प्रदेश सभाका संसदीय दलका नेता खगराज भट्ट सधै गुनासो गर्थे, मुख्यमन्त्री कमल बहादुर शाह र भौतिक पूर्बाधार मन्त्री प्रकाश देउवाले माओवादी सांसद ओम बिक्रम भाट सरललाई आफ्ना बिरुद्ध प्रयोग गरे । माओवादी पार्टी भित्र काँग्रेसका नेताहरुले खेलेको उनी आरोप लगाउथे ।

कतिसम्म भने खगराजले आफ्नै पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई चाहेको बेला भेट्ने समय नै पाएनन । तर सरलले भने सहजै समय पाउथे ।

सरल र खगराजका बीचमा संसदीय दलको नेता चयन प्रकृया शुरु भएदेखि नै कटुतापूर्ण सम्बन्ध रह्यो । सरल र अध्यक्ष प्रचण्डकी बुहारी बिना मगर एकातिर थिए । र, उनीहरुसंग सुदूर पश्चिम प्रदेश सभाका अधिकांश सदस्य रहेको दावी गर्दै आएका थिए, मगर पक्षधरहरु । खगराजलाई साथ दिदै आएका थिए, मान बहादुर धामी र अक्कल रावलहरु ।

खगराजले आफूलाई संसदीय दलको नेता बनाउन सहयोग गरे, रावललाई मन्त्री बनाउने आश्वासन दिएको बताईन्छ ।
तर अन्तिममा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरी चौधरी उत्सव र ईञ्चार्ज एउटै खेमामा उभिएपछि यस्तो समीकरण बन्यो, मन्त्री बन्ने भनिएकाहरु त्यो सूचिमै परेनन । र, मन्त्री हुनेको सूचिमा नरहेकाहरु मन्त्री बने ।

माओवादी केन्द्रभित्र सहमती हुन नसकेका कारण सुदूरपश्चिम प्रदेश सरकार विस्तार हुन सकेको थिएन । यद्दपि खगराजले मन्त्री नहुने बताएपछि माओवादीबाट सरल, अक्कल रावल र लक्ष्मी बिक मन्त्री हुने चर्चा व्यापक थियो । तीनै जना मन्त्री हुनेमा ढुक्क थिए । कतिसम्म भने तीन जनाका बीचमा कुन मन्त्रालय लिने भन्ने समेत छलफल भईसकेको थियो ।

खगराज कुनै हालतमा सरललाई मन्त्री हुनबाट रोक्न चाहन्थे । त्यसका लागि उनी आफू मन्त्री र मुख्यमन्त्री बन्न नपाउने अवस्था भएपनि त्यो अवस्था स्वीकार गर्न तयार थिए ।

माओवादी अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले उनलाई खगराजलाई दुई वर्षपछि मुख्यमन्त्री बनाउने आश्वासन दिएपछि उनी मन्त्री बन्ने लाईनबाट अलग त भए । तर उनको अर्को लाईन क्लियर थियो, सरललाई जसरी पनि सरकारमा जानबाट रोक्ने ।

हरी चौधरीले साथ दिएपछि भने खगराजको त्यो चाहना पुरा भयो । दुबै जनाले अध्यक्ष प्रचण्डसंगको भेटमा सरललाई अर्को कार्यकालमा मन्त्री बनाउन सुझाव दिए । खासगरी खगराजले सरललाई आफ्नो नेतृत्वको सरकारमा मन्त्री बनाउन उपर्युक्त हुने अध्यक्ष प्रचण्डसंग आग्रह गरे । हरी चौधरी भने कुनै पनि हालतमा रमेश धामीलाई मन्त्री बनाउन चाहन्थे । खगराजलाई साथ दिदा धामीलाई मन्त्री बनाउने बाटो सहज हुनेदेखेपछि हरी चौधरी खगराजसंगै उभिए । र, प्रदेश सरकारमा जानेहरुको सूचि रातारात फेरिए । र, रमेश धामी, झपट साँउद र गिता माल मन्त्री भईन ।

साँउदले स्थानीय तहको निर्बाचनमा आफ्नै पार्टीका गाँउपालिकाका अध्यक्षका उम्मेदवार पहल साँउदलाई हराएको आरोप लगाउदै आएका अक्कल रावल, जसले साँउदका बिरुद्ध केन्द्रीय समितिमा उजुरी समेत दिएका थिए, साँउदलाई मन्त्री बनाईएपछि क्रुद्ध भए । दुई पटक चुनाव जितेर पनि मन्त्री बन्नबाट बञ्चित भएपछि रावल पार्टी छोड्ने मुडमा समेत पुगेको बताईन्छ । यद्दपि पार्टीका नेताहरुको सुझाव मान्दै उनी व्याक भएको बताईन्छ ।

माओवादी अध्यक्ष प्रचण्डभन्दा बढि नारायणकाजी श्रेष्ठ सुदूरपश्चिम प्रदेश सरकारमा हावी भएको माओवादी नेताहरु बताउछन् । साँउद श्रेष्ठ निकट मानिन्छन । दीपक साँउदले पाएको टिकट खोसेर श्रेष्ठले साँउदलाई टिकट दिएका थिए । उता डोटीमा तत्कालिन मुख्यमन्त्री त्रिलोचन भट्टको टिकट खोसेर श्रेष्ठले शिवसिंह ओलीलाई टिकट दिएका थिए । श्रेष्ठको निर्देशनमा ओलीले कुनै एक समितिको सभापतिको जिम्मेवारी पाउने भएको माओवादीका एक नेताले बताए । उनले भने, खगराज र हरी चौधरी एक ठाँउमा उभिएपछि माओवादी पार्टीभित्रको समिकरण उल्टिएको हो ।

 

पश्चिम टुडेबाट साभार

Loading...