बझाङमा पनि आँखा पाक्ने रोग फैलियो, जयपृथ्वी अस्पतालमा निःशुल्क परामर्श

अहिले देशैभर आँखा पाक्ने रोग भयावह रूपमा फैलिएको छ । बझाङ जिल्लामा समेत दैनिक आँखाको समस्या लिएर स्थानीयहरू स्वास्थ्य संस्थामा आउने गरेका छन् । जिल्ला अस्पतालमा रहेको आँखा उपचार केन्द्रमा केहिदिन यता आँखा पाक्ने रोगका बिरामी अत्याधीक बढेका छन् । साउन महिना लागे देखी दिनकै २०/२५ जना अस्पतालमा आउने गरेका अस्पतालका नेत्र प्राविधिकले बताएका छन् ।

 

यो सँगै आँखाका बिरामीहरू निजी स्वास्थ्य संस्थामा पनि उत्तिकै आउने गरेका छन् । जिल्लामा यसको औषधीको अभाव भएको जयपृथ्वी अस्पतालका डाइरेक्टर अशोक मल्लले बताएका छन् । मल्लले आफ्नो फेसबुक मार्फत लेखेका छन् : बजारमा आँखामा हाल्ने औषधिको अभाव भएको छ । केही मेडिकलहरूले आँखा पाक्ने रोगमा हाल्न नमिल्ने औषधि दिएको पाइएको छ । आँखा जस्तो संवेदनशील अङ्गमा जथाभाबी औषधि प्रयोग गर्दा यसले अर्को समस्या निम्त्याउन सक्छ । यो एक किसिमको भाइरल रोग हो ।
चिसो पानीले दिनको ४/५ पटक आँखा सफा गर्ने गरेमा ५ देखि १० दिनमा आफै पनि निको भएर जान्छ । त्यस कारण आँखा सम्बन्धी समस्या भए डाक्टर को सल्लाह लिएर मात्र औषधिको प्रयोग गर्न जानकारी गर्दछ र यो विषयमा सम्बन्धित निकायको समेत ध्यानाकर्षण समेत गर्दछु । मल्लले लेखेका छन् ।
साथै उनले जयपृथ्वी अस्पतालबाट निःशुल्क आँखा सम्बन्धी स्वास्थ्य परामर्श लिन सकिने जानकारी गराएका छन् । यदि सदरमुकाम चैनपुरमा आँखाको समस्या लिएर बस्नुभएको छ भने जयपृथ्वी अस्पतालमा डाक्टर मान एस् नाथ बाट निःशुल्क आँखा सम्बन्धी स्वास्थ्य परामर्श लिन सक्नुहुनेछ उनले भनेका छन् ।
आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस ) के हो? यो रोग लागिहाले के गर्ने?
साधरणतया यसको असर ज्ञघ÷ ज्ञद्धदिन जति रहन सक्छ । तर कसै कसैमा लामो समयसम्म पनि रहन सक्छ । यस अवस्थामा विशेष ध्यान दिन सकेन भने आँखाको नानीमा समेत असर गर्न पनि सक्छ, आँखाको नानीमा असर गर्‍यो भने घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो पर्ने समस्या पनि हुन सक्छ साथै अन्धोपन पनि ल्याउन सक्छ । मौसम परिवर्तनसँगै बर्खाको समयमा प्रायजसो देखिने आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस) विगत केही दिनदेखि देशैभर फैलिरहेको छ । कतिपय विद्यालयहरूका सबैजसो बालबालिका, शिक्षक, अफिसका कर्मचारी, बैङ्क तथा वित्तीय संस्थामा काम गर्ने प्राय मानिसहरूमा पाइएको छ । विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरूमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्दछ । धेरैजसो बालबालिकाहरूमा महामारीकै अवस्था पनि छ । एक जनाबाट अर्कोमा सजिलै सर्ने भएकाले एकै पटक धर जनामा हुन सक्छ । पुरै घरको सदस्यहरूमा पनि हुन सक्छ । हरेक वर्ष मौसम परिवर्तनको समयमा धेरैजसो वर्षा याममा यो रोग देखिने गर्दछ । वर्षा याममा यसको कीटाणु सक्रिय हुने गर्दछ ।
यस रोगका प्रमुख लक्षणहरू:
१) एक्कासि आँखा रातो हुने(एक वा दुइटै आँखा )
२) आँखा चिलाउने तथा परेला टाँसिने
३) आँखाबाट बारम्बार आँसु बगिरहने
४) आँखामा कचेरा लाग्ने तथा टाँसिने
५) घाम तथा उज्यालो प्रकाशमा हेर्न नसक्ने आदि
यी माथिका समस्या भएमा के गर्ने?
१)पटक पटक सफा चिसो पानीले आँखा सफा गर्नुपर्दछ तर आँखा भित्र पानी पार्नु हुँदैन।
२)आँखा नमिच्ने, आँखा छोइसकेपछि हरेक पटक साबुन पानीले हात धुनु पर्दछ ।
३) आफूले प्रयोग गर्ने रुमाल, टावेल, कपडा छुट्टाछुट्टै राख्ने गर्नु पर्दछ।
४) भिड भाड हुने ठाउँहरूमा नजाने ।
५)व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने ।
६)कालो चस्माको प्रयोग गर्ने ।
७) धेरै भिड भाड भनेको ठाउँमा नजाने ।
उपचार तथा सावधानी:
यदि कसैमा यस्तो किसिमका लक्षण देखा परेमा आत्तिनु हुँदैन, सानो सावधानी अपनाउँदा ठुलो समस्याबाट बच्न सक यस्तो समस्या देखिएमा तथा घरमा कसैलाई भएमा सावधानी अपनाउनु पर्दछ । नजिकको आँखा अस्पताल तथा आँखा उपचार केन्द्रमा गई उपचार गराइ चिकित्सक तथा स्वास्थ्यकर्मीले भने अनुसार गर्नु पर्दछ । जथाभाबी औषधिको प्रयोग गर्नु हुँदैन । जथाभाबी औषधिको प्रयोगले आँखामा नराम्रो असर गर्न सक्छ । तसर्थ चिकित्सकको सल्लाह बमोजिम मात्र औषधिको प्रयोग गर्नुपर्दछ ।  औषधि लगाइसकेपछि हरेक पटक राम्रोसँग साबुन पानीले हात धुनु पर्दछ । यस्ता लक्षणहरू देखा परेमा तुरुन्त नजिकका स्वास्थ्य संस्था  तथा आँखा उपचार केन्द्रमा गएर चेक जाँच गराउनु पर्दछ । डाक्टरको सल्लाह बिना कुनै पनि प्रकारका औषधिहरूको प्रयोग गर्नु हुँदैन । जथाभाबी औषधिको प्रयोगले  आँखामा गम्भीर समस्याहरू निम्त्याउन सक्छ ।
Loading...