केदारस्युँका मौरी पालक कृषकलाई ७ दिने तालिम, प्राप्ति सिप लाभदायी हुने विश्वास

घरेलु तथा साना उद्योग कार्यालयले केदारस्युँ गाउँपालिकाका मौरी पालक कृषकलाई मौरी पालन सम्बन्धी तालीम दिएको छ । कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार मौरीपालन सम्बन्धी ७ दिने सिपमूलक तालीम पुस ८ गतेबाट सञ्चालन गरेको हो ।

उक्त तालिममा पालिका भित्रका २ महिला र १३ पुरुष गरि १५ जना कृषक सहभागी भएका थिए । प्रत्येक सहभागीलाई बीउ पुँजी मार्फत एक एक मौरीमेला सहितको आधुनिक घार, अधार चाका, मौरी टोपी मौरी छुवा दानी, स्वार्मिक ब्याग, मौरी ब्रस, मौरी फ्रेम फिडट, मौरी औषधि, हाइभहुल, कुइनकेज लगायतका सामाग्री समेत दिइएको छ

यस्तै भगवती मौरी पालन कृषक समूह गठन गरी मौरी पालन व्यवसायलाई निरन्तरता दिने सहभागीले बताएका छन् ।
कार्यक्रममा बोल्दै केदारस्युँ गाउँपालिका अध्यक्ष गणेश बोहराले सिकेको सिपको सदुपयोग गरी व्यवसायीकरण गरेमा गाउँपालिकाले मौरीपालक व्यवसायीलाई अनुदान, प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने बताए ।

यस्तै विशिष्ट अतिथि तथा वडाध्यक्ष भण्डारीले घरेलु कार्यालयले सञ्चालन गरेको कार्यक्रममा सहभागीले राम्रो लाभ लिएको र आगामी दिनमा निकै फलदायी हुने विश्वास व्यक्त गरे । उनले मौरीपालक व्यवसायीलाई साथ-सहयोग गर्दै जाने बताए ।

तालीम उद्घाटन कार्यक्रमको समापन गर्दै घरेलु तथा साना उद्योग कार्यालय प्रमुख खडक बहादुर बोहराले सिकेको सिपलाई निरन्तर सदुपयोग गरी मौरी पालन पेसालाई जोड दिँदै आधुनिकीकरण, व्यावसायिकीकरण र आत्मनिर्भर बन्न सकिने बताएका छन् । यस्तै घरेलु कार्यालयबाट हुने विभिन्न प्रविधि सँगै अनुदान कार्यक्रममा समावेश गर्न सकिने पनि बताए ।

७ दिने मौरी पालन तालिमको अनुगमनका क्रममा कृषि ज्ञान केन्द्र प्रमुख टेकबहादुर विष्टले मौरी पालक कृषकलाई प्रोत्साहित हुने गरी आगामी दिनमा आवश्यक साथ सहयोग गरिने बताए ।

घरेलु कार्यालय प्रमुख खडक बहादुर बोहराको अध्यक्षतामा गरिएको मौरीपालन कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेश बोहरा प्रमुख अतिथि रहेका थिए । यस्तै विशिष्ट अतिथि १ नम्बरका वडाध्यक्ष वीर बहादुर भण्डारी, गाउँपालिका कृषि अधिकृत उपेन्द्र मल्ल रहेका थिए । कार्यक्रमबारे प्रशिक्षक कर्मराज रोकायाले र कार्यक्रम सञ्चालन वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले गरेका थिए ।

मौरी पालनबाट हुने फाइदाहरू

प्रसिद्ध वैज्ञानिक अलर्ट आईन्सटाईनका अनुसार मौरी पृथ्वीबाट लोप भएर जाने हो भने मानव समुदायको अस्तित्व पनि करिब करिब चार वर्षमै समाप्त हुन्छ । तसर्थ मौरी, मानव र प्रकृति बिच अनुपम सम्बन्ध छ । मौरी पालन व्यवसायबाट आर्थिक आयआर्जन हुनुका साथै मौरी जस्तै मिहिनता हुने पाठ सिकाउँछ । मौरीले पराग सेचन गरेर उत्पादन वृद्धि गराउने र फूलको रसबाट मह बनाउने हुँदा मह उत्पादन गर्न सकिन्छ । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियम जस्ता तत्त्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

गोलाको पहिचान
१.चाकाहरूमा छाउराहरू कम र छारिएका हुन्छन् । छाउराको रङ्ग धमिलो खरो देखिन्छ । रोगग्रस्त चाकाबाट नराम्रो गन्ध आउँछ।
२. टालेका छाउराको बिर्को केही तल धसिएको र सानो प्वाल हुन्छ र आसनवोर्ड भित्र मरेका छाउराहरू प्रशस्त देखिन्छन्।
३. त्यस्तै रोगी मौरीहरू घार बाहिर घस्रेर हिंंडछन्, उड्न नसक्नु, घारभित्र जताततै मौरी बिस्टा देखिन्छ । जताततै मौरी बिस्टा देखिन्छ ।

Loading...