स्थानीय तह क्षमता स्वमूल्याङ्कनमा छविसपाथिभेरा पहिलाे, बुङ्गल अन्तिम

बझाङको छविसपाथिभेरा गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन मूल्याङ्कन प्रथम भएको छ । १२ स्थानीय तह रहेको बझाङमा छविसपाथिभेरा गाउँपालिका जिल्लामै प्रथम भएको हो ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सर्वाधिक ६५.५० प्रतिशत अङ्क प्राप्त गरेर प्रथम भएको हो ।
आर्थिक वर्ष २०७९÷०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनले सार्वजनिक नतिजा अनुसार थलारा गाउँपालिका ६२ अङ्कसहित दोस्रो स्थानमा छ । ६१ अङ्क ल्याएको केदारस्यु गाउँपालिका तेस्रो स्थानमा छ।

यस्तै जयपृथ्वी नगरपालिकाले ६०.२५ प्रतिशत अङ्क, बित्थडचिरले ५८.७५ प्रतिशत अङ्क, खप्तडछान्ना गाउँपालिकाले ५६.२५ प्रतिशत अङ्क, तलकोट गाउँपालिकाले ५६ प्रतिशत अङ्क, मष्टा गाउँपालिकाले ५१.५० प्रतिशत अङ्क, दुर्गाथली र साइपाल गाउँपालिकाले समान ४९.७५ प्रतिशत अङ्क र बुङ्गल नगरपालिकाले ४७ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

यस अघि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पनि छविसपाथिभेरा गाउँपालिका उत्कृष्ट भएको छ । सुदूरपश्चिम प्रदेश भित्रका गाउँपालिका मध्ये छविसपाथिभेरा गाउँपालिका पहिलो स्थानमा पर्न सफल भएको छ । आयोगको २०७९/८० को प्रतिवेदन अनुसार ४६.८१ अङ्क प्राप्त गर्दै छविसपाथिभेरा गाउँपालिका अग्रपंतिमा रहेकाे थियाे ।

के हो स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कन?
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका १० वटा विषयक्षेत्रहरु शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वय रहेका छन् । ती विषयगतक्षेत्र अन्तर्गत जम्मा १०० वटा सूचकहरू रहेका छन् । प्रत्येक सूचकका लागि एकाएक अङ्क निर्धारण गरिएको छ । हरेक विषय क्षेत्रका सूचकहरूलाई समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहमा व्यवस्थित गरिएको छ । यी सूचकहरूको मूल्याङ्कन गर्न समग्र अवस्थाका प्रत्येक सूचकमा चार अवस्थाहरू राखिएका छन् भने प्रक्रियागत र परिमाणात्मक अवस्थाका सूचकहरूमा तीन तीन वटा अवस्थाहरू राखिएका छन् । यी अवस्थाहरू मध्ये अन्तिम अवस्था सबैभन्दा राम्रो अवस्था हो भने पहिलो, दोस्रो र तेस्रो अवस्थाले क्रमशः कमजोरबाट सुधार हुँदै गएको अवस्थालाई जनाउँछ । स्थानीय तहले स्वमूल्याङ्कन कार्य प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेको छ ।

स्वमूल्याङ्कन प्रक्रिया

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ को दफा ६ को उपदफा ४ सँग सम्बन्धित अनुसूची ५ मा स्थानीय तहको स्वमूल्याङ्कन कार्य योजना बमोजिमका प्रक्रियाहरू अवलम्बन गरी स्वमूल्याङ्कन गर्नु पर्ने व्यवस्था रहेको छ । जस अनुसार स्थानीय तहको वार्षिक कार्यक्रममा लिजालाई पनि समावेश गरी आर्थिक वर्ष सुरुसँगै श्रावण महिनाभित्र लिजा फोकल पर्सन तोकी फोकल पर्सन द्वारा स्थानीय तहको स्वमूल्याङ्कनको लागि तयारी बैठक श्रावण मसान्तभित्र सम्पन्न गरी प्रमाणीकरणको अदारहरू सङ्कलन गरी परिच्छेद ३ बमोजिम लिजाको उद्देश्य, विधि र प्रणालीबारे कार्यपालिका र सम्बन्धित कर्मचारीहरूलाई कार्तिक मसान्तभित्र प्रशिक्षण कार्य सम्पन्न गरी मंसिर १५ गतेभित्र स्वमूल्याङ्कन प्रणालीमा आधारित भई प्रारम्भिक नतिजा तयार गरी पृष्ठपोषणका लागि जिल्ला समन्वय समितिमा पठाउनु पर्दछ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रारम्भिक नतिजा छलफलका लागि कार्यपालिका बैठकमा पेस गर्नु पर्ने हुन्छ । कार्यपालिकाबाट प्राप्त सल्लाह र पृष्ठपोषण सहित स्वमूल्याङ्कनको अन्तिम नतिजाको समीक्षा गर्दै सबल पक्ष र कमजोर क्षेत्रको पहिचान, गत वर्षको नतिजा तथा अन्य स्थानीय तहको नतिजासँग तुलना गरी कमजोर रहेको क्षेत्रको सुधारका लागि कार्य योजना तयार गर्नुको साथै अन्तिम स्वमूल्याङ्कन नतिजालाई पौष मसान्तभित्र कार्यपालिकाबाट अनुमोदन गर्नु पर्दछ । कार्यपालिकाले अनुमोदन गरेको ७ दिन भित्र अन्तिम स्वमूल्याङ्कन नतिजालाई कार्यपालिकाको वेबसाइटमा राख्नुको साथै कार्यालयको सूचना पाटीमा प्रकाशन गर्नु पर्दछ । स्वमूल्याङ्कन कार्य सम्पन्न भए पश्चात् स्वमूल्याङ्कनको अन्तिम नतिजा गाउँरनगर सभामा जानकारीको लागि पेस गरी स्वमूल्याङ्कन कार्यको प्रक्रिया पुरा हुने गर्छ ।

स्वमूल्याङ्कनको अवस्था

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि,२०७७ लाई अनुसरण गर्दै आ।व। २०७६र७७ मा कुल ५५९ र आ।व। २०७७र७८ मा ७०० स्थानीय तहले संस्थागत क्षमता स्वमूल्याङ्कन कार्य सम्पन्न गरी लिजा पोर्टलमा नतिजा प्रकाशन गरेको थियो । यसले स्थानीय तहहरूले संस्थागत क्षमता स्वमूल्याङ्कन कार्य कार्यान्वयनको अवस्था सुधारात्मक देखिए पनि ५३ स्थानीय तहमा अझै पनि कार्यान्वयन नभएको देखिन्छ । स्थानीय तहले स्वमूल्याङ्कन कार्य प्रत्येक आर्थिक वर्षको पौष मसान्तभित्र सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेको छ । आ।व। २०७८र७९ को स्वमूल्याङ्कन कार्यको थालनी हाल सम्म ४७७ स्थानीय तहले गरेको छ जस मध्ये ७ स्थानीय तहले पृष्ठपोषणका लागि पेस गरेकोमा १ स्थानीय तहको पृष्ठपोषण सम्पन्न भई सकेको देखिन्छ । २६८ स्थानीय तहहरूले अझै स्वमूल्याङ्कन प्रक्रिया अगाडी बढाएको देखिँदैन ।

Loading...