छबिसपाथिभेरा -३ का सुशील प्रसाद जोशी २०८० माघमा फर्निचर उद्योग दर्ता प्रक्रियाको लागी घरेलु कार्यालयमा पुग्छन् । उनको फर्निचर उद्योग दर्ता गर्न छबिस पाथिभेरा-३ को कार्यालयले चौतर्फी संघियार मुचुल्का र सिफारिस गरिदिएको थियो । घरेलु कार्यालयले पनि राष्ट्रिय वन दुरी प्रमाणित गरिदिन वन डिभिजन कार्यालयलाई पत्र पठायो ।
छबिस पाथिभेरा गाउँपालिका-३ का सुशील प्रसाद जोशीको नाममा दुर्गा बान्निमष्टा फर्निचर उद्योग स्थापना गर्ने भनी यस कार्यालयमा दिएको निवेदन अनुसार कित्ता नम्बर ३८९ को जग्गा राष्ट्रिय वन निकुञ्ज क्षेत्रबाट ०.५ किलोमिटर भन्दा टाढा भए नभएको यकिन गरी दुरी खुलाइ पठाइदिनु’ घरेलु कार्यालयको पत्रमा उल्लेख छ ।
सोही आधारमा वन डिभिजन कार्यालयले पनि दुरी यकिन गरी प्रतिवेदन पेस गर्न र कित्ता छुट्टाउने कार्यमा एक जना प्राविधिक पठाउन नापी कार्यालय सिमखेतलाई अनुरोध गरेको पाइन्छ । तर नापी कार्यालयले भने सो निवेदन उपर हालसम्म पनि कुनै कारबाही गरेको छैन । निवेदन पेस गरेको एक वर्ष पुरा भएर अर्को वर्षको आधा बितिसक्दा पनि नापी कार्यालयका कर्मचारीहरूले नाप जाँच गर्ने मनसाय देखाएका छैनन् । जोशीले यो अवधिसम्म १०औँ पटक नापी कार्यालय धाइ सके तर उनको काम भने हुन सकेको छैन ।
नापी हुन नसक्दा आफूले फर्निचर उद्योग दर्ता गर्न नसकेको गुनासो जोशीले व्यक्त गरे । उनले भने, ‘नापीको कामका लागि म विगत दुई वर्ष देखी धाई रहेको छु । तर, काम हुन सकेको छैन ।’
नापी कार्यालयका बझाङ प्रमुख दिपक गुर्धामीले सुशील जोशीले राजस्व नतिरेको भन्ने आरोप लाउने गरेका छन् ।
तर जोशीले भने उक्त भनाइको खण्डन गरेका छन् । उनले भने, कानुनी प्रक्रिया, मापदण्ड सबै पूरा गरेर आफ्नै ठाउँमा केही व्यवसाय गर्ने सोच बनाएको छु, मैले राजस्व नतिर्ने कुरै हुँदैन । राजस्व तिर्ने नतिर्ने विषयमा नापी कार्यालयले मलाई केही भनने । उतिबेलानै राजस्व तिर्नुपर्छ भनेको भए म तिरेर जान्थेँ, सरकारलाई कर बुझाउनकै लागी अहिलेसम्म भौंतारिरहेको छु । यो भनाईसँग म सहमत छैन ।’