गुगललाई चुनौती दिने सक्ने च्याट जिपिटी के हो?

च्याट जिपिटी भनिने नयाँ च्याट बोटले अहिले इन्टरनेटमा आँधीबेहरीमा ल्याएको छ । यसलाई प्रयोग गर्ने धेरैलाई यसको चमक देखेर आश्चर्यचकित बनाएको छ । ओपन एआइले जारी गरेको च्याट जिपिटी एउटा प्रोटोटाइप एआई च्याटबोट  हो जसले मानवले सोधेका प्रश्नको विस्तृत जवाफ दिन्छ ।

च्याट जिपिटीले प्राकृतिक मानव भाषा बुझ्न सक्छ र सोही तरिकाले लिखित प्रतिउत्तर दिन सक्छ । सिइओ साम अल्टम्यानका अनुसार यो सफ्टवेयर सुरुवात भएको एक हप्ता भन्दा कम समयमै करोडौँ प्रयोगकर्ता जोडिएका छन् ।

यो प्रविधि जिपिटी ३ को सिद्धान्तहरूमा आधारित छ जुन प्रि टेइन्ड टान्सफर्म मोडेलको तेस्रो पुस्तामा आधारित छ । च्याट जिपिटीको मुख्य विशेषताहरू भनेको प्रयोगकर्ताको इन्पुटमा आधारित रहेर वास्तविक समयमा प्रतिक्रियाहरू दिन सक्ने क्षमता हो ।

च्याट जिपिटी गुगलको लागि किन चुनौती हो?
च्याट जिपिटीको सबैभन्दा ठुलो चुनौती हाल गुगलका लागि मानिएको छ । हामीले हाल संसारको सबैभन्दा शक्तिशाली खोज इन्जिनको रूपमा प्रयोग गर्दै आएको गुगललार्ई च्याट जिपिटीले चुनौती दिन सक्ने विश्लेषण गरिएको छ । प्रश्नहरूका उत्कृष्ट जवाफहरू प्रदान गरेर गुगलको लागि वित्तीय विपत्ति हुन सक्छ ।

च्याट जिपिटी गुगल खोजसँग मिल्दोजुल्दो धेरै चीजहरू छन् । इन्टरफेस अनिवार्य रूपमा समान छ । च्याट जिपिटी वेब ब्राउजर होइन । तपाईँले खोजिरहनु भएको विषयको बारेमा लेखहरूको लागि यसले इन्टरनेट स्क्यान गर्न सक्दैन । च्याट जिपिटी र गुगल दुवैले इतिहास, विज्ञान वा रेसिपीहरू जस्ता सामान्य विषयहरूमा जानकारी प्रदान गर्न सक्छन् । तर, च्याट जिपिटीसँग विषयहरूको बारेमा सूक्ष्म रूपमा कुरा गर्ने क्षमतामा छ । कथाहरू जस्तै रचनात्मक सामग्रीको अतिरिक्त, च्याट जिपिटीले तपाईँलाई तर्क र रायहरू पनि दिन सक्छ जुन गुगलले वास्तवमै सक्दैन ।

यस कारणले गर्दा च्याट जिपिटीको तुलनामा गुगल प्रयोग गरेर जानकारी प्राप्त गर्न धेरै समय र प्रयास खर्च गर्नुपर्ने हुन्छ । विषयको आधारमा, च्याट जिपिटी सम्भावित रूपमा अनुसन्धानको लागि धेरै राम्रो उपकरण हो । च्याट जिपिटीले गुगलको तुलनामा उत्कृष्ट र प्रशोधित जवाफ दिने क्षमता राख्दछ । गुगलले फगत अरबौँ वेब पृष्ठहरू क्रल गरेर त्यो सामग्रीलाई क्रमिक गर्दै सबैभन्दा सान्दर्भिक लिङ्कको सूची उपलब्ध गराउँदछ छ । त्यसपछि उपलब्ध लिङ्कभित्र गएर खोज गर्नु पर्दछ । तर, च्याट जिपिटीको काम गर्ने शैली गुगलभन्दा सयौँ गुणा सहज छ ।

च्याट जिपिटीमा सोधिएका प्रश्नको जवाफ खोज र जानकारीको संश्लेषणमा आधारित हुन्छ । च्याट जिपिटी लाखौँ वेबहरूबाट आवश्यक सूचना सङ्कलन गरेर प्रशोधित उत्तर प्रदान गर्ने गर्दछ ।

हालै सेतोपाटीमा जीवन क्षेत्रीले च्याट जिपिटीसँग अन्तरक्रिया गरेको ब्यहोरा उल्लेख गरेका छन् । क्षेत्रीले लेखेका छन्: हाल निकै चर्चामा रहेको च्याट-जिपिटीलाई मैले हालै अंग्रेजीमा सोधेँ, ‘दूरदर्शी शिक्षकका हैसियतले म मेरो बच्चालाई एआई (आर्टिफिसियल इन्टेलिजेन्स) को युगका लागि कसरी शिक्षित गर्न सक्छु?

उसले जवाफ दियो‍—  (उसको उत्तरको गुगलले गरेको नेपाली अनुवादको थोरै सम्पादित रूप)
एक दूरदर्शी शिक्षकको रूपमा, म विश्वास गर्छु कि बच्चाहरूलाई एआइ युगका लागि तयार पार्ने उपाय भनेकै मुख्य सीप र योग्यताहरूको बलियो आधार विकास गर्नमा ध्यान केन्द्रित गर्नु हो जुन यो द्रुत रूपमा परिवर्तन भइरहेको संसारमा सफलताका लागि महत्वपूर्ण हुनेछ ।
केही त्यस्ता कौशल र दक्षताहरू यस्ता छन्:
१) रचनात्मकता र नवप्रवर्तनस् एआई(सञ्चालित संसारमा बच्चाहरूले रचनात्मक रूपमा सोच्न र समस्याहरूको नयाँ र नवीन समाधानहरू ल्याउन सक्षम हुन महत्त्वपूर्ण हुनेछ। आफ्नो बच्चालाई कला, संगीत वा डिजाइन जस्ता रचनात्मकतालाई बढावा दिने गतिविधिहरूमा संलग्न हुन प्रोत्साहन गर्नुहोस् ।

२) सहयोग र सञ्चारः कार्यस्थलमा एआई बढी प्रचलित हुँदै जाँदा, बच्चाहरूले अरूसँग प्रभावकारी रूपमा काम गर्न र आफ्ना विचारहरूलाई प्रभावकारी रूपमा सञ्चार गर्न सक्षम हुनु महत्त्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई सामूहिक परियोजनाहरू र गतिविधिहरूमा भाग लिन प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई सार्वजनिक भाषण वा बहस जस्ता गतिविधिहरूमार्फत बलियो सञ्चार कौशल विकास गर्न मद्दत गर्नुहोस् ।

३) आलोचनात्मक सोच र समस्या समाधानस् एआई(सञ्चालित संसारमा, बच्चाहरूका लागि आलोचनात्मक रूपमा सोच्न र समस्याहरू समाधान गर्न सक्षम हुनु महत्त्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई प्रश्नहरू सोध्न प्रोत्साहन गर्नुहोस् । धेरै दृष्टिकोणहरू विचार गर्न र समस्याहरू समाधान गर्न मद्दत गर्न नयाँ जानकारी र स्रोतहरू खोज्न सिकाउनुहोस् ।

४) अनुकूलनशीलता र लचिलोपनस् एआईले संसारलाई रूपान्तरण गर्न जारी राख्दा, परिवर्तनको सामना गर्दा बच्चाहरूलाई अनुकूलन गर्न र लचिलो हुन सक्षम हुनु महत्त्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई नयाँ चुनौती र अवसरहरू अँगाल्न प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई उनीहरूको अनुभवबाट सिक्न र बढ्न अनुमति दिने वृद्धि मानसिकता विकास गर्न मद्दत गर्नुहोस् ।
५) डिजिटल साक्षरता र प्राविधिक सीपहरूस् एआई(सञ्चालित संसारमा बच्चाहरूलाई सहज र प्रविधिमा दक्ष हुनु महत्त्वपूर्ण हुनेछ । तपाईंको बच्चालाई नयाँ प्रविधिहरू अन्वेषण गर्न र सिक्न प्रोत्साहन गर्नुहोस् र उनीहरूलाई डिजिटल संसारमा फस्टाउन आवश्यक पर्ने सीपहरू विकास गर्न मद्दत गर्नुहोस् ।
अबका बच्चाहरूले घोकेर कण्ठ पारेर, त्यसलाई ओकलेर परीक्षा पास गरे भने तिनको शिक्षा काम लाग्ने छैन । उनीहरू सिर्जनशील र वाचाल हुनुपर्नेछ, आलोचनात्मक चेत विकास गर्नुपर्नेछ। अनि अवस्थाअनुसार तुरून्त बदलिन, नयाँ सीप सिक्न र प्रविधिको प्रयोगमा दुरूस्त हुनुपर्नेछ ।

यसअगाडि संसारभर भाषाको ज्ञान भएका करोडौं मानिसहरूले अनुवाद गरेर जीविका चलाउँथे । तर गुगलको अनुवाद गर्ने अल्गोरिदमले रातारात ती सबैलाई बेरोजगार बनाइदियो । त्यस्तै अहिलेसम्म सबैले आआफ्ना पेसाको ज्ञान र सीपमा दख्खल राखे पुग्थ्यो । अब संसारमा बीसौं किसिमका रोजगारहरू लोप हुने संघारमा छन्। त्यसैले प्रविधिमा पछि पर्ने र नयाँ सीप सिक्न नसक्ने मानिसहरूका लागि अबका दिन निकै कठिन हुनेछन् ।

Loading...