- सत्ता गठबन्धनबीच सीट बाँडफाँट करिब टुंगिएको छ । अहिलेसम्मको सहमति अनुसार सुदूरपश्चिम प्रदेशका १६ संघीय क्षेत्रमा नेपाली कांग्रेसले ९ सीट पाउने भएको छ । त्यस्तै माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले-२ क्षेत्र पाउने सहमति नै भइसकेको छ । अछाम-१ मा नेकपा एस र माओवादी केन्द्रको दाबी छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ माओवादी केन्द्रले १२ वटा सिट पाँएको छ ।
ओवादीका भागमा परेको ४ क्षेत्रहरूमध्ये कञ्चनपुर-१ मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की बुहारी बिना मगर उम्मेदवार बन्ने लगभग निश्चित छ ।
यस्तै कैलाली-२ मा संविधानसभा सदस्य भगत बडुवाल उम्मेदवार हुनलागेको पार्टीनिकटस्रोत बताउँछ । यस्तै कैलाली ३ मा भने प्रदेशसभा सदस्य वीरभान चौधरी र कृष्ण चौधरीको दाबी छ । दुबैमध्ये वीरभानकै सम्भावना बढी देखिन्छ ।
यस्तै बैतडीमा नरेन्द्र कुँवर उम्मेदवार हुनलागेको माओवादीनिकट स्रोत बताउँछ । उता माओवादी केन्द्रले दावी नछाडेको अछाम १ मा दीपक साउँदलाई उम्मेदवार बनाउने माओवादी केन्द्रको तयारी छ ।
सुदूरपश्चिम प्रदेशमा प्रदेश सभातर्फ माओवादी केन्द्रले १२ वटा सिट पाँएको छ । जसमध्ये पहाडी जिल्लाका निर्वाचन क्षेत्रमा उम्मेदवारहरु पनि लभगभ निश्चित जस्तै भएका छन् । कैलाली र कन्चनपुरमा उम्मेदवारको बारेमा माओवादीभित्र छलफल चलिरहेको छ ।
बझाङमा प्रदेश ‘ख’ माओवादी केन्द्रको भागमा परेको छ । बझाङमा भिम भण्डारी सर्वसम्मत एकल सिफारिस भएका छन् ।
दार्चुलामा पनि माओवादी केन्द्रलाई प्रदेश सभामा एक सिट परेको छ । दार्चुला प्रदेश सभा ‘ख’ मा मानबहादुर धामी सन्तोष सर्वससम्मत सिफारिस भएका छन् । उनी सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन बन तथा बातावरण मन्त्री हुन् ।
बाजुरा मा माओवादीले प्रदेश सभातर्फ १ सिट पाउने निश्चित छ । तर, प्रदेश सभाका दुई क्षेत्रमध्ये कुन पाउने भन्ने निश्चित भएको छैन । स्रोतका अनुसार प्रदेश ‘क’ पाउने सम्भावना बलियो छ । बाजुरामा माओवादीले प्रदेश सभा ‘क’ पाएको खण्डमा कर्णबहादुर बिकले टिकट पाउने सम्भावना बलियो छ । तर, सुरेश रोकाया, रमेश विक साहसी पनि दाबेदार छन् । माओवादीले बाजुरा प्रदेश ‘ख’ पाएमा दिपक बिसि, दिपक बुढा र हिरेन्द्र बाँनीया आकांक्षि देखिएका छन् ।
माओवादी केन्द्रले डडेल्धुरमा प्रदेश सभा ‘ख’ पाएको छ । प्रदेश सभाका लागि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट सिफारिस भएका छन् ।
डोटीमा माओवादीले प्रदेश सभा ‘ख’ पाएको छ । प्रदेश सभाका लागि पार्टी कमिटिले शिव ओलीलाई सिफारिस गरेको छ । यद्यपी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पनि प्रदेश सभा उम्मेदवारका लागि शक्ति केन्द्रसँग हारगुहार गरिरहेको बताइन्छ । भट्ट माओवादीको जिल्ला र प्रदेश कमिटिबाट संघका लागि प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार सिफारिस भएका थिए । डोटीमा माओवादीले संघको सिट नपाएपछि भट्टले प्रदेश सभातर्फ ध्यान केन्द्रीत गरेको बताइन्छ । विगतको पाँच वर्ष प्रदेशको मुख्यमन्त्री भएका भट्टलाई ‘असफल’ मुख्यमन्त्रीको ट्याग लगाइएको छ ।
अछाममा प्रदेश सभाका लागि माओवादीले दुई वटा निर्वाचन क्षेत्र माग गरेको छ । अछाममा माओवादीले प्रदेश सभाका लागि निर्वाचन क्षेत्र १ को ‘क’ पाउने चर्चा छ । स्रोतका अनुसार प्रदेश सभाका लागि उक्त क्षेत्रबाट शरद भण्डारी बलियो दाबेदार छन् । त्यस्तै, माओवादीले अछाममा प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ‘ख’ पनि माग गरेको छ । अछाममा माओवादी नेताहरु तारामान स्वार, शरद सिंह भण्डारी, रामप्रसाद तिमिल्सिना, नेता दिपक साउँद, झपट साउद, झंकर साउद, अक्कल रावल,लोकबहादुर बोहरा, रबिन्द्र साउद, सरस्वती रावल, गोबिन्द साउँद टिकट पाउने सम्भावना बोकेका नेताहरु हुन् ।
माओवादी केन्द्रले प्रदेश सभाका लागि कैलालीमा ३ र कन्चनपुरमा २ वटा सिट पाउने भएको छ । उम्मेदवार को हुने भन्ने सन्दर्भमा कैलाली र कन्चनपुरमा कुनै टुंगो लागेको छैन ।