डुकुछापका विद्यार्थीलाई कल्प फाउन्डेसनद्वारा शैक्षिक सामग्री वितरण (तस्बिरहरू)

ललितपुर । गोदावरी नगरपालिका–८ डुकुछापस्थित गणेश माध्यमिक विद्यालयका करिब १७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउन्डेसनले शुक्रबार विद्यालयमा कार्यक्रम गरी विद्यार्थीलाई सामग्री उपलब्ध गराएको हो ।

वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझी, प्रमुख कार्यकारी अधिकृत दिलीपराज बराल, विद्यालयका प्रधानाध्यापक बद्री पौडेल र वडा नं. ८ का कार्यवाहक अध्यक्ष भीष्म धिताललगायतले विद्यार्थीलाई सामग्री हस्तान्तरण गरे ।

अध्यक्ष रायमाझीले विद्यार्थी र विद्यालयको आवश्यकता पूरा गर्न संस्थाले सहयोगलाई निरन्तरता दिने बताए । ‘गत वर्ष पनि छ वटा विद्यालयलाई सहयोग गरेका थियौं । आगामी दिनमा पनि आवश्यकताअनुसार यस्ता कार्यक्रम अघि बढाउनेछौँ,’ उनले भने ।

ग्रुपका सीईओ बरालले विद्यार्थीको शिक्षामा सहयोग गर्नु संस्थाहरूको सामाजिक जिम्मेवारी भएको बताए । ‘विद्यार्थीको पठनपाठनलाई सहज बनाउन सकिने क्षेत्रमा

हामी सहयोग र सहकार्य गर्न तयार छौं,’ उनले भने ।

प्रधानाध्यापक पौडेलले विद्यालयमा कम्प्युटर ल्याब आवश्यक रहेको भन्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए ।

तस्बिरमा हेर्नुहोस्, विद्यार्थीलाई कल्प फाउन्डेसनद्वारा शैक्षिक सामग्री वितरण कार्यक्रम :

 

 

 

 

 

 

 

 

Loading...