कबड्डीमा चम्किँदै बझाङकी सलिना धामी, जिताइन् स्वर्णपदक

काठमाडौँ । सुदूरपश्चिमलाई हराउँदै बागमती प्रदेशले राष्ट्रिय महिला जुनियर कबड्डी च्याम्पियनसिपको स्वर्ण पदक जितेको छ । बागमतीले स्वर्णपदक जित्नमा जर्सी नम्बर सातकी सलिना धामीले महत्वपूर्ण भूमिका निर्वाह गरिन् ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घर भएकी सलिना प्रतियोगिताको फाइनल खेलमा ‘प्लेअफ अफ द म्याच’ घोषित भएकी छन् । उनले बागमती टोलीको सफलतामा निर्णायक प्रदर्शन गरिन् ।

ब्राइट फ्युचर स्कुलकी विद्यार्थी सलिनाको प्रतिभा, मिहिनेत र समर्पणको विद्यालयले प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ । उनले खेल क्षेत्रमा लगातार सफलता हासिल गरिरहेकी छन् ।

यसअघि पनि सलिनाले विभिन्न प्रतियोगिताहरूमा थुप्रै उपलब्धि हासिल गरिसकेकी छन् । उनले आफ्नो लक्ष्य राष्ट्रिय टिमबाट खेल्ने रहेको सुनाइन् ।

प्रतियोगितामा पुरुष र महिलातर्फ सात प्रदेशका सातवटा टोलीले सहभागिता जनाएका थिए ।

लिग कम नकआउटका आधारमा खेलाइएको कबड्डी संघका महासचिव अरविन्द्र झाले जानकारी दिए । नयाँ प्रतिभा प्रहिचान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

Loading...