बझाङको बुंगलमा जीप दुर्घटना : जिपमा सवार सबै सकुशल

बझाङ : जिल्लाको बुंगल नगरपालिका–३ छान्ने खोला नजिकै आज दिउँसो करिब ४:४० बजे जीप दुर्घटनामा परेको छ । बुंगल नगरपालिका–४ बिजगडा बजारबाट खोल्लेकतर्फ गइरहेको से.१ ज.४७७ नम्बरको जीप ब्रेक फेल भएर करिब ७ मिटर तल खस्दा दुर्घटना भएको हो ।

जीप चालक बुंगल नगरपालिका -३ का ३४ वर्षीय शंकर बोहरा सवारीमा चालकसहित जम्मा ६ जना सवार थिए  । सवार सबैजना सकुशल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जीपमा आंशिक क्षति पुगेको छ ।
स्थानीय कच्ची सडक खण्डमा भएको र दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Loading...