बझाङमा ४ दशमलव २ म्याग्निच्युडको भूकम्प, केन्द्रबिन्दु मष्टा नजिक

बझाङ : बझाङ जिल्लामा बुधबार साँझ ६:२७ बजे भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, सुर्खेतका अनुसार भूकम्पको परिमाण ४ दशमलव २ म्याग्निच्युड रहेको छ ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको प्रसिद्ध मष्टा देब मन्दिर नजिकै रहेको छ । भूकम्पको धक्का बझाङका विभिन्न स्थानहरूमा हल्का रूपमा महसुस गरिएको थियो । स्थानीय बासिन्दाहरू केही समयका लागि घर बाहिर निस्किएका थिए तर हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।

यसअघि पनि यस क्षेत्रमा साना परिमाणका भूकम्पहरू आइरहेका छन् । विज्ञहरूले यस्तो हल्का धक्का ठूलो भूकम्पको संकेत हुनसक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिएका छन् ।

Loading...