बझाङ : जिल्लाको साईपाल गाउँपालिका–४ जगेडामा रुखबाट लडेर एक जना गम्भीर घाइते भएका छन् । ४३ वर्षीय सुन बहादुर रोकाया भेडाको लागि खस्रुको रुखमा घाँस काट्ने क्रममा एक्कासी रुखबाट लडेर घाइते भएका हुन् ।
प्रहरीका अनुसार रोकाया आफ्नो घरदेखि करिब १ किलोमिटर टाढा रहेको जंगलमा घाँस काटिरहेका बेला लडेका थिए । रुखबाट लड्दा उनको घाँटी र कम्मरमा गम्भीर चोट लागेको छ ।
अहिले उनलाई साईपालको स्थानीय आधारभूत स्वास्थ्य चौकीमा उपचार गराइँदैछ । उनको अवस्था गम्भीर रहेको वडाध्यक्ष जय सिंह रोकायाले जानकारी दिएका छन् ।