बझाङ : जिल्लाको सुर्मा गाउँपालिका–२ गजौनका ५० वर्षीय नर बहादुर बोहरा गाईगोठालोका क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका छन् ।
स्थानीय जानकारीअनुसार, बोहरा मिति साउन १२ गते दिउँसो करिब साढे २ बजे गजौनस्थित आफ्नो घरबाट करिब दुई घण्टाको पैदल दूरीमा रहेको खालपाल्त भन्ने जंगलमा गाईगोरु चराउन गएका थिए । सोही क्रममा उनी अचानक भीरबाट लड्दा घाइते भएका हुन् ।
घटनापछि उनलाई मिति साउन १३ गते जिल्ला अस्पताल बझाङमा ल्याएर उपचार गरिएको थियो । प्रहरीका अनुसार बोहराको दाहिने खुट्टाको घुँडामा, दाहिने हात र पिठ्युँमा चोट लागेको छ भने उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
प्रारम्भिक उपचारपछि थप उपचारका लागी उनलाई धनगढीतर्फ रिफर गरिएको छ ।