बाह्रदेउ ज्यावन समाज कैलालीको नयाँ कार्यसमिति चयन

कैलाली— बाह्रदेउ ज्यावन समाज कैलालीले शनिबार छैठौं वार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशन सम्पन्न गरी नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले जय बहादुर धामीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको छ ।
नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नरेश बोहरा, उपाध्यक्षमा जसमल बोहरा, सचिवमा नरदीप धामी, कोषाध्यक्षमा सुस्मा केसी र सहसचिवमा अर्जुन बोहरा चयन भएका छन् । सदस्यहरूमध्ये जसविर बि.क, विस्मती धामी, मोहन बोहरा, पानसरा कुमारी जाग्री, गगन धामी, जगत धामी, हर्क धामी, भान ब. ठगुन्ना र लाल बहादुर धामी रहेका छन् ।


निर्वाचन समिति संयोजक कृष्ण बहादुर धामीले जानकारी दिएअनुसार, नयाँ कार्यसमितिले सोही दिन सपथ ग्रहण गरेको छ ।
साधारण सभा कार्यक्रम अध्यक्ष लक्ष्मण धामीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमका प्रमुख अतिथि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा.डा. डबल बहादुर धामी थिए । कार्यक्रममा समाजका उपाध्यक्ष नरेश बोहराले वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव अथक कुमार धामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन वरिष्ठ उपाध्यक्ष जय बहादुर धामीले गरेका थिए ।

Loading...