बझाङ : फागुन २१ नजिकिँदै गर्दा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रकाश रसाइली चुनावी प्रचारप्रसार अन्तर्गत छबिस पाथिभेरा गाउँपालिकामा पुगेका छन् ।
घरदैलो अभियानको क्रममा रसाइलीले विभिन्न वडाका मतदातासँग भेटघाट गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे छलफल गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्थानीय बासिन्दासँगको भेटघाटमा उनले बझाङको समग्र विकासका लागि संघीय संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । अभियानका क्रममा पार्टी कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार रसाइलीले गाउँगाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्ने अभियानलाई निरन्तरता दिने जानकारी दिएका छन् ।