बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु, ४५ घाइते

बझाङ : बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर ४५ जना घाइते भएका छन् । घाइतेहरूको उद्धार कार्य जारी रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ । बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गर्दा दुर्घटनामा परेको बताइएको छ ।

Loading...