बझाङमा जेसिबीमा आगजनी गर्ने व्यक्ति पक्राउ

बझाङमा जेसिबी मेसिनमा आगजनी गरेको आरोपमा एक जना व्यक्ति पक्राउ परेका छन् ।

छबिसपाथिभेरा गाउँपालिका–७ बुडखोरीका हिक्मत धामीलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई सेरा भन्ने स्थानमा लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीयका अनुसार धामीले मादक पदार्थ सेवन गरेका अवस्थामा उक्त जेसिबीमा आगजनी गरेको बताइएको छ । गत राति सडक निर्माणका लागि राखिएको जेसिबी मेसिन आगलागी भएको अवस्थामा फेला परेको थियो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  त्रीपुरा सुन्दरी कन्स्ट्रक्सनको उक्त जेसिबी आगजनीबाट पूर्ण रुपमा क्षती भएको छ ।

Loading...