बझाङ : जिल्लाको वित्थडचिर गाउँपालिकामा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाले दिएको जानकारीअनुसार वित्थडचिर गाउँपालिका–१ माथिल्लो वित्थडस्थित घर निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरूको ज्यान गएको हो ।
आज बिहान करिब ११ बजेदेखि हराइरहेका ती बालबालिकाको खोजी गर्ने क्रममा दिउँसो करिब २ बजे सोही खाल्डोमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक विष्टका अनुसार डुबेर ज्यान गुमाउनेमा बित्थडचिर-१ का गगन बोहराका अन्दाजी ५ वर्षीय छोरा दिनेश बोहरा र सोही स्थानकै सन्तोष बोहराकी अन्दाजी ६ वर्षीया छोरी पिन्सा बोहरा रहेका छन् ।
स्थानीय र प्रहरीले उनीहरूको खोजी गरेको थियो। घर निर्माण गर्न खनेको खाल्डोमा जमेको पानीमा डुबेर दुबैको ज्यान गएको प्रहरीले जनाएको छ ।