दानबहादुर सुर्मेली नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेली नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । महासंघको भर्खरै सम्पन्न निर्वाचनबाट सुर्मेली केन्द्रीय सदस्यमा चुनिनुभएको हो ।

​बझाङको निजी क्षेत्रको इतिहासमा केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सुर्मेली पहिलो व्यक्ति बन्नुभएको छ । जिल्लास्तरको उद्योग वाणिज्य संघको नेतृत्व गरिरहनुभएका सुर्मेलीले अब केन्द्रमा पुगेर देशभरका उद्योगी व्यवसायीहरूको हकहितका लागि आवाज उठाउने अवसर प्राप्त गर्नुभएको छ ।

​लामो समयदेखि बझाङको व्यावसायिक विकास र सामाजिक क्षेत्रमा सक्रिय रहनुभएका सुर्मेलीको यो विजयलाई जिल्लाबासीले गर्वको रूपमा लिएका छन् । उहाँ निर्वाचित भएसँगै बझाङको आर्थिक विकास र स्थानीय व्यवसायीका समस्याहरूलाई राष्ट्रियस्तरको नीति निर्माण तहमा पुर्‍याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

​आफ्नो कार्यकालमा जिल्लाको निजी क्षेत्रलाई संगठित र मर्यादित बनाउन सफल सुर्मेलीको केन्द्रीय सदस्यमा भएको चयनले बझाङको पर्यटन, जडिबुटी र अन्य स्थानीय उत्पादनको प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । उहाँलाई जिल्लाका विभिन्न संघ-संस्था, बुद्धिजीवी र व्यवसायीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन् ।

Loading...