निर्माण व्यवसायी संघ बझाङको अध्यक्षमा शेरबहादुर बोहरा निर्विरोध

बझाङ : निर्माण व्यवसायी संघ बझाङको सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सफल निर्माण व्यवसायी शेरबहादुर बोहरा अध्यक्षमा निर्विरोध चयन भएका छन् ।
निर्माण कार्य समयमै सम्पन्न गर्दै जिम्मेवार र सफल व्यवसायीका रूपमा परिचित बोहराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्रबहादुर खड्का, प्रथम उपाध्यक्षमा दिनेशबहादुर बोहरा तथा द्वितीय उपाध्यक्षमा हेमन्त भण्डारी चयन भएका छन् ।

त्यस्तै महासचिवमा पुष्कर रोकाया, आन्तरिक उपमहासचिवमा भरतबहादुर कठायत, नीतिगत उपमहासचिवमा जोगबहादुर दौल्याल, कोषाध्यक्षमा पिटर बिष्ट तथा सह–कोषाध्यक्षमा प्रेमबहादुर सिंह चयन भएका छन् । गंगबहादुरसहित ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको संघले जनाएको छ ।

नवनिर्वाचित नेतृत्वले निर्माण व्यवसाय क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र जिम्मेवार बनाउँदै जिल्लाको विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । अधिवेशनमा सहभागी व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या समाधान, गुणस्तरीय निर्माण कार्य तथा व्यवसायीहरूको हकहित संरक्षणमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका छन् ।

Loading...