यात्री मोटरसाइकलले गत वर्षको १५ मेमा पहिलो पी–१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो, संयोगले त्यसको एक वर्षपछि १५ मे मै यात्रीको पी–१ मोटरसाइकल नेपालमा उत्पति भएको पहिलो सवारीका रुपमा दर्ता भएको छ ।
पी–१ यात्रीले नेपालमै उत्पादन गरिरहेको विद्युतीय मोटरसाइकल हो । बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले यातायात व्यवस्था कार्यालय, गुर्जुधारा (मोटरसाइकल)मा पी–१को ‘पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको हो । योसँगै आयातको कागजविनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।
सवारी दर्ता भएर नम्बर प्लेट र ब्लुबुक पाएपछि यात्रीले एक वर्षको बीचमा ‘पी–१’ देखि ‘स्पेसल सिरिज–१’सम्मको यात्रालाई स्मरण गरेको छ ।
यात्री मोटरसाइकल्सले हालै सार्वजनिक गरेको पी–१ मोटरसाइकलको मूल्य ४ लाख ९५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यात्री पी–० पहिले नै सार्वजनिक भए पनि हालै प्रोडक्सन भर्सन सार्वजनिक गरिएको छ । यसको मूल्य भने १९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । पी–१ भने अब सबैले बुकिङ गर्न सक्ने छन् । पी–१ ले १९ एचपी पावर र ४३० एनएम टर्क जेनेरेट गर्छ । यसले सिंगल चार्जमा ११० किलोमिटर माइलेज दिन्छ ।
यसमा ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री छ । यसको टप स्पिड १०० किलोमिटर प्रतिघण्टा छ । यसलाई फास्ट चार्जरबाट १ घण्टा र सामान्य चार्जरबाट ६ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।