मिर्मिरेको लैङ्गिक विभेद तथा महिला हिंसाविरुद्ध जनचेतना कार्यक्रम

मिर्मिरे लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रुकुमकोटले लैङ्गिक विभेद तथा महिला हिंसाविरुद्ध जनचेतना कार्यक्रम आयोजना गरेको छ । सिस्ने गाउँपालिका वडानं २ को नाइगाडमा बिहीबार उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
ग्रामीण क्षेत्रमा लैङ्गिक विभेद तथा महिला हिंसाको जोखिम उच्च रहेकोले महिलाहरूलाई नै जागरूक गर्न आवश्यक रहेको कार्यक्रममा सहभागी अतिथिहरूले जोड दिएका थिए ।
नबिना मल्ल घर्तीको सभापतिमा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सिस्ने गाउँपालिका वडानं. २ का अध्यक्ष कृष्ण बहादुर खड्का रहेका थिए । विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रतिनिधि प्रहरी सहायक निरीक्षक श्रीधर खनाल रहेका थिए । बजार व्यवस्थापन अध्यक्ष शशिराम बुढा, शिक्षक प्रतिनिधि डम्बर केसी, मञ्जु रावत अतिथि रहेका थिए ।
कार्यक्रमको सञ्चालक आयोजक संस्था मिर्मिरे लघुवित्त शाखा कार्यालय रुकुमकोट प्रमुख नारद प्रसाद भण्डारी रहेका थिए । कार्यक्रममा १ सय ३ जना महिला सहभागी भएको प्रमुख भण्डारीले बताए ।
लघु वित्तले हालसम्म लैंगिक हिंसाविरुद्ध रुकुम पूर्व र पश्चिममा गरी १७ वटा कार्यक्रम आयोजन सम्पन्न गरिसकेको छ ।
Loading...