बझाङको सदरमुकाम चैनपुरमा अवैध काठ बोकेको ट्रयाक्टरसहित एक व्यक्तिलाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।
डिभिजन वन कार्यालयबाट खटिएको वन रक्षकको टोलीले काठ बाेकेकाे ट्याक्टर र चालकलाइ नियन्त्रणमा लिएकाे हाे ।
साँझ ७ बजे सुदूरपश्चिम प्रदेश ०१/००२ त ४११० नम्बरकाे ट्रयाक्टर, काठ र चालकलाई नियन्त्रणमा लिइएकाे घटनास्थलमा खटिएका एक वनरक्षकले जानकारी दिए ।
वैधानिकता पुष्टि हुन नसकेको सो काठ तलकोट गाउँपालिकाको सुनिकोटबाट ल्याउँदै गर्दा चैनपुरको क्याम्पस रोडमा समातिएको वनका पदाधिकारी बताउँछन् ।