पत्रकार प्रताप ओलीले बुधवार फेसबुकमा लेखे ‘एक वडाध्यक्षले प्रयास गर्दा एक वर्षमा यति धेरै काम सम्पन्न भए । मस्टा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष रामचन्द्र रोकायाले १ वर्ष भित्र गरेका सम्पूर्ण काम यस प्रकार रहेका छन् ।’ पत्रकार ओलीले वडाध्यक्ष रोकायाले एक वर्षमा सम्पादन गरेका कामको सूचि बनाएर पोस्ट गरेका थिए ।
ओलीको पोस्टमा कमेन्ट गर्दै दीपेन्द्र भण्डारीले थपे, ‘किप अप द गुड वर्क रामचन्द्र रोकाया ज्यु । एउटा वडा अध्यक्षले चाह्यो भने यति काम हुँदो रहेछ भन्ने देखाउनु भयो । अझै ४ वर्ष छ धेरै अपेक्षा छ ।’ भण्डारी हाल जापानमा छन् । उनी बझाङका एक क्रियाशील सामाजिक सञ्जाल प्रयोगकर्ता हुन् ।
बझाङका युवाहरूले स्वतःस्फूर्त अहिले वडाध्यक्ष रोकायाले गरेका कामको विवरण सामाजिक सञ्जालमा पोस्ट गर्दै तारिफ गरिरहेका छन् । सञ्जालमा पोस्ट भएका स्ट्याटसमा अन्य व्यक्तिहरूले ‘गुड जब’ भन्दै तारिफ गरिरहेका छन् ।
राजनीतिक रुपमा नेपाली कांग्रेससँग आस्था राख्ने भएपनि सोही वडाका युवा प्रविन खड्का वडाध्यक्ष रोकायाको कार्यसैलीको खुलेरै समर्थन गर्छन् । गाउँपालिकामा नियमित उत्तरदायी भएर काम गर्ने कमै व्यक्ति मध्ये वडाध्यक्ष रोकाया एक भएको उनले उल्लेख गरे ।
माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य रामचन्द्र रोकाया वडाध्यक्षको गत वर्ष सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन् ।
रोकाया सत्तारुढ तीन दलको गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार बनेका हुन् । उम्मेदवार रोकाया स्थानीयका समस्यासँग परिचित व्यक्ति हुन् । वडाध्यक्ष निर्वाचित हुनुभन्दा पूर्व पनि जनतालाई गाह्रो-साह्रो पर्दा रोकाया सक्दो सहयोग, पहल गर्न लागि रहन्थे ।
रोकायाले निर्वाचित भइसकेपछि पनि जनप्रिय हुने कर्म जारी नै राखेका छन् । त्यसैले युवाहरूले उनको चर्चा र तारिफ गर्छन् । रोकायाले जिल्लाकै नेतृत्व गर्नु पर्ने भन्दै ओलीकै पोस्टको कमेन्टमा सुनिल सिंह लेख्छन्, ‘जिल्लाकै नेतृत्व अब राम चन्द रोकाया (आरसी) दाइ जस्ता क्षमता भएका युवाहरूले गर्नु पर्छ । अनि मात्र बझाङ बदलिएको देख्ने छौँ बझाङ्गी जनता ।’
यस्ता छन् वडाध्यक्ष रोकायाले पहिलो वर्ष गरेका कामको सूची
१) सदरमुकाम चैनपुर देखि मस्टा गाउँ पालिका जोड्ने भत्किएको डुग्रि गाड झोलुङ्गे पुल निर्माण सम्पन्न
२) पाँच वर्षको कार्यकाल सम्म निर्माण हुन नसकेको वडा भवन निर्माण सम्पन्न
३) ठाना, कोट देवल, लेकि, जिन्डाडा, सम्देउ खानेपानी निर्माण कार्य भइरहेको
४) प्रत्येक बस्ती सुधार निर्माण कार्य सम्पन्न
५) प्रत्येक टुहुरा बालबालिकाको लागि दसैँ खर्च बाफत २५०० दिने गरेको
६) रनाडाको जोखिमपूर्ण अवस्था भएको ठाउँमा तटबन्ध काम सम्पन्न
७) नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा आईसिटी प्रोग्राम
८) रनाडाको राउवाडा भन्ने ठाउँमा क्रिया भवन निर्माण कार्य सम्पन्न
९) बिद्धुतको ट्याण्डर सार्वजनिक गरेर प्रोसेसमा रहेको
१०) रैथाने बाली सङ्कलन केन्द्र तथा दूध दही अन्य तरकारी सङ्कलन केन्द्रको भवन निर्माण कार्य भइरहेको
११) जुवा तास र रक्सी पुर्ण रूपमा बन्द गरिएको
१२) प्रत्येक विद्यालयमा (ICT) ल्याब सिकाइ कार्यक्रम सञ्चालन हुँदै
१३ं) गाउँ र भूगोल अनुसार सिपमूलक तालिम कार्यक्रम सञ्चालन भइरहेको
१४) जिन्नाडा सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन निर्माण कार्य सम्पन्न
१५) जिन्नाडा आधारभूत विद्यालयको ३ कोठे भवन निर्माण कार्य भइरहेको
१६) सुन्याल्त पाल्त खाने पानी निमार्ण काम भइरहेको
१७) जिन्नाडा सिचाइ कुलो मर्मत कार्य सम्पन्न
१८) असहज भएको ठाउँमा र भत्किएको सडक मर्मत कार्य सम्पन्न
१९) मङ्गलमय आधारभूत विद्यालयको घेर बाड कार्य सम्पन्न
२०) माईतिबन आधारभूत विद्यालय फर्निचर निर्माण
२१) कोट देवल आलु पकेट क्षेत्रमा आलु बिउ वितरण
२२) जिन्नाडा खानेपानी मर्मत
२३) डुग्री क्रिया भवन निर्माण सम्पन्न
२४) जिन्नाडा क्रिया भवन निर्माण सम्पन्न
२५) सम्देउ सिचाइ कुलो मर्मत
२६) भुवाढुस्का रन्नाडा ढल निकास सम्पन्न
२७) घचाया मावि स्वसरस्वती, मावि माईतिबन आबि, सुर्मा आबि विद्यालयमा ईलोक्टनिक हाजिर जडान
२८) डाडाबाघ आबि र कोट भैरव आबिमा ड्रेस वितरण
२९) खेत कोट देखि घचाया सम्मको रोडको काम केही दिनमा सञ्चालन हुँदै
३०) कोट देवल साबिक ४,५ खाने पानी मर्मत काम सम्पन्न
३१) रनडामा २४ कृषक परिवार लाई टनेल वितरण
३२) ग्वालेचौर सामुदायिक भवनको पिलरसम्म काम भएको
३३) दुर्गादेवी आधारभूत विद्यालय भवन मर्मत
३४) कोटदेबल मुख्या बाडा बस्ती सुधार पक्की बाटो निर्माण
३५) ठाना बस्ती सुधार पक्की बाटो निर्माण
३६) रुपदेउलि बस्ती सुधार पक्की बाटो निर्माण
३७) राउबाडा रनाडा बस्ती सुधार पक्की बाटो निर्माण
३८) डुग्राकोट बस्ती सुधार पक्की बाटो निर्माण
३९) रुपदेउलि बस्ती सुधार पक्की बाटो निर्माण
४०) लेकि बस्ती सुधार पक्की बाटो निर्माण