जाजरकोटमा उधारो भात खाएको मूल्य ४२ लाख, विल तिर्न कर्मचारी र जनप्रतिनिधिबिच लफडा

जाजरकोटको छेडागाड नगरपालिकामा खाना खाएको खर्च ४२ लाख रुपैयाँ पुगेकाे छ । होटेलमा उधारो खानाको विल ४२ लाख पुगेको सार्वजनिक भएपछि लफडा सुरु भएको छ । लेखा फाँटमा भुक्तानीका लागि विल पेस भएपछि जनप्रतिनिधि जिल्ल परेका छन् । कर्मचारीले ठुलो रकम घोटाला गर्न खोजेको जनप्रतिनिधिकाे आरोप छ ।
४२ लाखमध्ये करिब ३० लाख भुक्तानी भइसकेको जनाइएको छ । १२ लाख १३३ रुपैयाँ भुक्तकानी दिन बाँकी रहँदा विषय विवादित बनेको छ ।
जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा खाना र नास्ता खर्चको रकम अकल्पनीय रूपमा फरक देखिएको सरोकारवालाको जिकिर छ । विलको रकम शङ्कास्पद भएपछि एक छानबिन समिति समेत गठन भएको  । कर्मचारीको मिलेमतोमा होटेल व्यवसायीले भारी मात्राको बिल बनाई कार्यालयमा पेस गरेर भुक्तानी दिएको छेडागाड नगरपालिका १२ का वडाध्यक्ष तथा छानबिन समितिका संयोजक प्रेमबहादुर खत्रीको दाबी छ ।
खत्रीका अनुसार न्यौपाने होटेलको २५ लाख ६० हजार ८२५ भुक्तानी भइसकेको पाइएको छ । १२ लाख मात्र भुक्तानी हुन बाँकी रहेको छ ।  त्यस्तै दीपा होटेलको १६ लाख ८५ हजार ५०२ रुपैयाँ समेत भुक्तानी भइसकेको पाइएको छ । २०७९ असार १ गतेदेखि जनप्रतिनिधिले नयाँ जिम्मेवारी समालिसकेपछि दुई वटा नगर सभा मात्रै सञ्चालन भएका छन् । कार्यपालिकाका बैठक १६ वटा भएका छन् ।
Loading...