छबिसपाथिभेरा गाउँपालिकाले आर्थिक वर्ष ०८०/०८१ को लागि वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्न राय सुझाव मागेको छ । गाउँपालिकाको इमेलमा वा कार्यालयको प्रशासनमा पत्राचार गरी सुझाव दिन सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।
‘गाउँपालिकावासी सम्पूर्ण आमाबुवा, दाजुभाइ, दिदीबहिनी, सङ्घसंस्था बुद्धिजीवी एवं सरोकारवाला सबैलाई आ-आफ्नो राय सुझाव यस छबिसपाथिभेरा गाउँपालिकाको इमेल ठेगाना info. [email protected] मा वा गाउँपालिकाको कार्यालय प्रशासन शाखामा लिखित रूपमा मिति २०८०।०२।२२ गते सम्ममा पठाई समग्र गाउँपालिकाको उन्नति र हितमा सहभागी भई दिनुहुन अनुरोध गरिन्छ,’ जारी पत्रमा भनिएको छ ।
राय सुझावदाताले जेठ २२ गतेसम्म सुझाव दिन सक्ने पत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले आफ्नो फेसबुकमा पोस्ट गरेको उक्त पत्रमा उल्लेखनीय सुझाव प्राप्त भएका छन् । प्राध्यापक, बुद्धिजीवी, राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणले आ आफ्ना सुझाव दिएका छन् ।
अध्यक्ष चलाउनेको पोस्टमा आफ्नो धारणा राख्दै लखन धामीले लेखेका छन्,
१ं) उच्चस्तरीय शिक्षाको व्यवस्था गर्नु होला कम्तीमा पनि महिनामा २ दिन सरकारी स्कुल तिर अनुगमन गराई दिनु होला ।
२) स्वास्थ्यका लागि कम्तीमा पनि ७ वडामा १/१ वटा स्टिमरको व्यवस्था गरिदिनु र ठुला रोगका लागि छुटाइएको बजेट कहाँ जान्छ? जानकारी मलाई होइन, सबैलाई गराइदिनु होला ।
३) ७ वटै वडामा राष्ट्रिय लाइन प्रसारण छिटोभन्दा छिटो पुर्याउनु पर्याे
४) गाउँ घरमा फलेको तरकारीको कृषिजन्य वस्तुको राम्रो बजार व्यवस्थापन गराउने छन् भन्ने ठुलो आशा छ ।
त्यस्तै, अस्मिता सिंहले निम्नअनुसारका सुझाव पेस गरेकी छन्,
१) वास्तविक समस्याको पहिचान गरी मात्रै बजेट छुट्ट्याउने गरौँ, कुनै पनि सरकारी कर्मचारी र राजनीतिज्ञले योजना चलाउन नपाउने गरौँ, सर्वसाधारणको स्थितिले औल्याउदै स्तर उन्नतितिर जोड दिऔँ
२) सरकारी पदवाहाल कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्नेमा विशेष जोड दिए शिक्षा क्षेत्रमा सुधार हुने देखिन्छ
३) शिक्षा क्षेत्रमा शिक्षक र विद्यार्थी लाई प्रविधिमा जोड गरौँ
४) योजना एकै व्यक्तिको नाममा नदिऔँ
५) शिक्षाको हकमा मासिक अबिभाबक भेला गरेर शिक्षक र अबिभाबकको अन्तरक्रिया गरौँ
६) पीडित व्यक्तिलाई सहयोग गर्दा उक्त व्यक्तिको अनुगमन पनि गरौँ, किनभने सहयोगको सदुपयोग गरेकी नकाइ थाह हुनपर्छ
७) सञ्चार प्रविधिमा दिऔँ
८) हाम्रो गाउँपालिकालाई नमुना बनाउन जनता देखि जनप्रतिनिधि सबै जना लागौँ
९) अन्तमा पालिकामा हरेक सूचना डिजिटल बोर्डमा प्रसारण गरिदिए र वेबसाइटलाई थप प्रभावकारी हुने गरी प्रयोग गरौँ