काठमाडौँ — ओई सुवा, झुम्केली बजु लगायतका गीत सार्वजनिक गरिसकेका गायक सुरेन भण्डारीको रतन चणी ईजु बोलको गीत सार्वजनिक भएको छ ।
आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतमा गायिका लक्ष्मी आचार्यले साथ दिएकी छन्। भिडियोमा मोडेल मिस पबि र उमाकान्त आचार्यले अभिनय गरेका छन् ।
केशब वडुको एरेन्जमेन्ट रहेको उक्त गीतमा पबन विश्वको मिक्सिङ रहेको छ ।
भिडियो विरेन्द्र भट्टले खिचेका हुन् भने प्रविन थापाको निर्देशन र पदम सुवेदीले सम्पादन गरेका हुन् । सुदुरपश्चिमका देउडा भाकाबाट आफ्नो सांगीतिक यात्रा अगाडि बढाएका भण्डारीले निरन्तर सोहि भुगोलको भाषा र सस्कृती झल्काउने सांगितिक कोशेली पस्कदै आएका छन ।