‘सेक्स’ अर्थात् यौन सम्पर्कलाई स्वीडेनले खेलको मान्यता दिएको छ । यससँगै स्वीडेन सेक्सलाई खेलको मान्यता दिने विश्वकै पहिलो राष्ट्र बनेको छ ।
स्वीडिस सेक्स फेडेरेसनले आगामी जुन ८ मा पहिलो युरोपियन सेक्स च्याम्पियन्सिप पनि आयोजना गर्ने घोषणा गरेको छ । ६ हप्तासम्म चल्ने यस प्रतियोगितामा खेलाडीले ४५ मिनेटदेखि एक घण्टासम्म दैनिक भाग लिन पाउनेछन् । दैनिक ६ घण्टा सेक्स प्रतियोगिता हुनेछ ।
स्वीडिस सेक्स फेडेरेसनले यस विषयमा भनेको छ,‘खेलकुद रणनीतिको एक भागको रूपमा समावेश हुने सेक्स गेम युरोपेली देशहरू बीच राम्रोसँग विकसित हुनेछ ।’
अब जुन ८ मा आयोजना हुने पहिलो युरोपेली सेक्स च्याम्पियनसिपको आयोजना गर्न तयार छ । च्याम्पियनसिप स्वीडिश सेक्स फेडेरेसनले आयोजना गरिरहेको छ । च्याम्पियनसिपमा भाग युरोपेली देशको नागरिक हुनुपर्ने उल्लेख छ ।
फेडेरेसनका प्रमुख ड्र्यागन ब्य्राचका अनुसार सेक्स खेलमा सहभागी हुन खन्य खेलमा जस्तै शारीरिक अभ्यास चाहिन्छ । उनी भन्छन्,‘अन्य खेलजस्तै चाहेजस्तो नतिजा प्राप्त गर्न शारीरिक अभ्यास जरुरी छ ।’