धनगढीमा पक्राउ परेका बझाङका जुवाडेको अवस्था के छ?

धनगढीमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका बझाङका ८ जना माथी प्रहरीले आवस्यक अनुसन्धान थालेको छ । धनगढी उपमहानगरपालिका–४ स्थित बझाङको बित्थडचिरका २८ वर्षीय जिबन बोहराले संचालन गरेको कमल रोशन होटलबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको थियोे ।

पक्राउ पर्नेमा बझाङको बित्थडचिर गाउँपालिका–१ का ४३ वर्षीय नरबहादुर बोहरा, २ का ४१ वर्षीय सुरेन्द्र बोहरा, २ कै ४३ वर्षीय रणबहादुर बोहरा, ३४ वर्षीय पबिन्द्र मण्डेल, ३४ वर्षीय देविचन्द्र मण्डल, ३ का २३ वर्षीय चक्र बोहरा, ९ का २६ वर्षीय दिलिप खडका र होटल सञ्चालक बोहरा रहेका छन्। यीमध्ये ३४ वर्षीय पबिन्द्र मण्डेल छबिसपाथिभेरा २ का वडाध्यक्ष हुन् ।

उनीहरुलाई जुवातास खेलिरहेको अबस्थामा नगद २५ हजार ७ सय र तास ३ गड्डीसहित फेलापारी वडा प्रहरी कार्यालय धनगढीबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको बताइएको छ।

पक्राउ परेका जुवाडेविरुद्ध मुलुकी अपराध संहिताको दफा १२५ अनुसार मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ । पक्राउ परेका ८ जनाविरुद्व मुद्दा  दर्ता गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सुचना अधिकारीले जानकारी दिए ।

मुलुकी अपराध संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ।

Loading...