प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारको आयोजना तथा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको व्यवस्थापनमा आयोजित प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्न प्रचण्ड खप्तड राष्ट्रिय पुगेका हुन् । जेठ २३ देखि २५ सम्म चल्ने आध्यात्मिक सम्मेलनमा प्रसिद्ध योग गुरु बाबा रामदेव, आचार्य बालकृष्णकाे पनि उपस्थिति रहेको छ ।
प्रचण्डसँगै पूर्व प्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायण काजी श्रेष्ठ खप्तड पुगेका छन् । सम्मेलनको पहिलो दिन पूव उपप्रधानमन्त्री भीम रावल, सुदूरपश्चिम प्रदेश सभामुख भीम भण्डारी लगायत विशिष्ट व्यक्तिको उपस्थिति देखिएको छ ।
तस्विर स्रोतः प्रधानमन्त्रीको सचिवालय
