सुर्मा गाउँपालिका वडानं. ४ का अध्यक्ष सर्जन बोहराको निधन भएको छ । बुधवार राती आफ्नै निवासमा बोहराको निधन भएको हो ।
लामो समयदेखि बिरामी रहेका बोहराको बुधवार राती देहावसान भएको वडानं १ का अध्यक्ष दिनेश बोहराले बताए । ‘स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज लगिएको थियो । नेपालगन्जबाट घर फर्किएको केही दिनमै दुःखद खबर सुनियो,’ वडाध्यक्ष बोहराले भने ।
दिवङ्गत बोहरा मिलनसार स्वभावको व्यक्ति भएको वडाध्यक्ष दिनेश बोहराले उल्लेख गरे । व्यक्तिगत प्रभाव राम्रो भएका कारण नै उनले चुनाव जितेको बोहराले बताए, ‘उनको वडामा वडा सदस्य सबै जना नेपाली काँग्रेसबाट निर्वाचित भएकाछन् । पालिका अन्य दलबाट निर्वाचित हुने उनी एउटै वडा अध्यक्ष बोहरा थिए,’ बोहराले सम्झिँदै भने ।
बोहरा २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित बनेका थिए । उनमा सुगर, जन्डिस, हेपाटाइटिस जस्ता स्वास्थ्य समस्या देखिएको निकटस्थले जनाएका छन् ।