केदारस्यूँमा बालमैत्री शासन समितिले पेश गर्यो बालबालिकाका योजना

केदारस्युँ गाउँपालिका बालमैत्री स्थानीय शासन समितिको नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । शनिबार गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराको अध्यक्षतामा प्रगतिशील युवा समाज र वर्ल्ड भिजनको आयोजनामा कार्यक्रम तय गरिएको थियो ।

उक्त बैठकमा बाल भेलाबाट आएका बालबालिकाहरूका मागहरू माथि छलफल गरिएको छ । साथै पालिकाका जनप्रतिनिधिलाई बाल भेलाबाट आएका योजनाहरू हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाको आगामी वर्षको योजनामा बालबालिकाका योजनाहरू समावेश गर्नुपर्ने माग पेश भएका छन् ।

बाल भेलाबाट आएका योजनाहरूलाई गाउँपालिकाको योजनामा समावेश गर्ने प्रतिबद्धता अध्यक्ष बोहराले व्यक्त गरेका छन् । बालबालिकाको हकहितका लागी आवश्यक बजेट विनियोजन गर्ने समेत उनले बताए ।

बालकोष कार्यविधि, बाल विवाह विरुद्ध पालीकाको पञ्च वर्षीय रणनीतिक योजना र बाल लगानी योजना कार्यपालिकाको बैठकबाट स्वीकृत गर्ने गाउँपालिकाकी उपाध्यक्ष मनीषा धामीले बताइन् ।

२०८२ साल भित्र गाउँपालिकालाई बालमैत्री स्थानीय शासन भएको गाउँपालिका घोषणा गर्ने पालीकाको उद्देश्य अनुसार कार्य भइरहेको छ ।

Loading...