बझाङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दानबहादुर सुर्मेली दोस्रो कार्यकालका लागि निर्वाचित

बझाङ: उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दानबहादुर सुर्मेली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनी अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयले नतिजा सार्वजनिक गर्दै नवनिर्वाचित पदाधिकारीहरूको नामावली सार्वजनिक गरेको छ । उपाध्यक्षमा शङ्कर बहादुर रसाइली वाणिज्यतर्फ र सुरतबहादुर मल्ल उद्योगतर्फ निर्वाचित भएका छन् ।
युवा व्यवसायी नरेन्द्र खड्का महासचिवमा निर्वाचित भएका छन् । सागरराम जोशी सचिव खुला, जमुना कुमारी चन्द महिला सचिव, विनोद बहादुर सिंह कोषाध्यक्ष निर्वाचित भएका छन् । सदस्यमा रविन विसि लगायत छन् ।
दाेस्राे कार्यकालका लागि निर्वाचित भएका सुर्मेलीले व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बझाङ वाणिज्य सङ्घका नवनिर्वाचित अध्यक्ष सुर्मेलीलाई स्थानीय व्यवसायीकाे विकास र समृद्धिमा समर्पित अत्यन्त सहयोगी व्यक्तिको रूपमा रूपमा लिइन्छ । विगतको कार्यकालमा सुर्मेलीले स्थानीय व्यवसायीको सफलतामा सहजीकरण गर्न निरन्तर प्रतिबद्धता देखाएका थिए ।
नवनिर्वाचित अध्यक्षको हैसियतमा सुर्मेलीले स्थानीय व्यवसायीलाई प्रदान गरिने सहयोगलाई थप अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । उनको नियुक्तिले आशावादी र उत्साहको भावना ल्याएको चैनपुरमा व्यवसाय गरिरहेका तिलक धामीले बताए । सुर्मेलीको मिलनसार र सुलभ आचरणले सबैलाई प्रभावित पारेको व्यवसायी जीवन सिंह बताउँछन् ।
Loading...