कार्य सम्पादनमा वडाध्यक्ष सिंहको वडा पहिलो, पाँच लाख प्रोत्साहन पाउने

गाउँपालिकाबाट विनियोजित योजनाहरू समयमै सम्पन्न गरेको भन्दै वडाध्यक्ष करन जंगबहादुर सिंहलाई प्रशंसा पत्र दिइएको छ । समयमै काम सम्पन्न गर्नमा छविसपाथिभेरा गाउँपालिका वडानं १ पहिलो भएको हो ।
अन्य वडालाई उछिन्दै पहिलो स्थान हासिल गरेको उक्त वडाले यसपालि पाँच लाख प्रोत्साहन पाउने भएको छ । छविसपाथिभेरा गाउँपालिकाले सो वडालाई प्रोत्साहन दिन लागेको हो । आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रमबाट दोस्रो चौमासिक सम्ममा ७० प्रतिशत सम्म आयोजना निर्माण कार्य सम्पन्न गरी भुक्तानी भएका वडामध्ये उत्कृष्टलाई रु पाँच लाख प्रोत्साहन दिने घोषणा गरिएको थियो ।
प्रसंशा पत्र
आर्थिक वर्ष २०७९/८० को कुल ३६ पुँजीगत योजना तथा कार्यक्रम रहेको वडाध्यक्ष सिंहले बताए । कुल बजेट ५७ लाख अठ्सट्टि हजार विनियोजन भएको सिंहले उल्लेख गरे । ‘हाम्रोले कार्यालय सम्पादन मूल्याङ्कन ८८।३८ प्रतिशत अङ्क प्राप्त गरेको छ । हामी कार्य सम्पादन मूल्याङ्कनमा पहिलो भएका छौँ,’ वडाध्यक्ष सिंहले भने ।
सिंहले कसरी गरे काम?
गाउँपालिकाले वडाहरूको कार्य सम्पादन मूल्याङ्कन गर्नका लागि तीन वटा मापदण्ड तोकेको थियो । समयमै योजना सम्पन्न गर्नु पर्ने, समयमै भुक्तानी गर्नुपर्ने र योजनाका शीर्षकहरू दीर्घकालीन महत्वका हुनुपर्ने मापदण्ड थिए । एक दुई वटा काम बाँहेक सबैयोजना चैत्र मसान्तभित्र सम्पन्न गरेर भुक्तानी गरेको वडाध्यक्ष सिंहले बताए ।  विवादरहित वातावरणमा सबै पक्षलाई समेटेर विकासे काम सम्पन्न गरेको सिंहको तर्क छ ।
उनले भने प्रत्येक गाउँमा ढलानयुक्त बाटो निर्माण गरेका छौँ । सुत्केरी महिलालाई यातायात तथा पोषण भनेर पाँच हजार दिने गरेका छौँ । बुडाबुडीहरूलाई न्यानो कपडा र व्लांकेट वितरण गर्‍यौँ । वर्षौँपछि मटेलामा प्रहरी चौकी पुनः स्थापना गर्न सफल भयौँ । यी नै कामहरूको मूल्याकंन भएको हो ।’
Loading...