चन्दननाथ मन्दिरमा पूर्व राजा-रानीका तस्बिर राखेपछि विवाद

जुम्ला सदरमुकाम स्थित चन्दननाथ भैरवनाथ मन्दिरको आफ्नो छुटपुटै महत्त्व छ । यो मन्दिर कर्णाली प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थलका रूपमा परिचित पनि छ । यो मन्दिरका ५२ हातको लिङ्गो र ५२ हातको ध्वजा तथा नेजा छन् । सयौँ भक्तजन, कर्णालीको धार्मिक आस्था बोकेको यो मन्दिरको परिसरमा पूर्व राजा रानीका तस्बिर आखिर किन राखिएको छ ।

कर्णालीको प्रमुख धार्मिक तथा पर्यटन सम्भावना बोकेको यो मन्दिरमा बाह्य तथा आन्तरिक पर्यटक दिन प्रति आउने गरेका छन् । तर त्यहाँ आउने पर्यटक पूर्व राजा रानीका फोटा हेर्न आउँछन् कि मन्दिर दर्शन गर्न आउँछन् भन्ने सबैको मनमा उब्जाएको प्रश्न हो ।

कर्णालीको एक मात्र धार्मिक पर्यटनको धरोहर मानिने चन्दननाथ मन्दिर सबैको साझा हो । मन्दिर जस्तो साझा अनि पवित्र ठाउँमा कसैको राजनीतिक आस्थाका कारण पूर्व राजाको तस्बिर राख्न पाइँदैन  । तर पनि यहाँ पूर्व राजाका तस्बिर राखेको करिब दुई वर्ष भन्दा बढी समय भई सक्यो । बजारमा चिया चोकहरूमा मन्दिर भित्र राखिएका पूर्व राजाका फोटाहरूका बारेमा गफ हुन्छ ।त्यसको बारेमा विरोध गर्ने आँट सकैले पनि गरेका छैनन् ।

दैनिक करिब डेढ सय आन्तरिक तथा बाह्य पर्यटक आउने यो मन्दिरमा नेपालको व्यवस्थाबाट हटाइएको पूर्व राजा रानीका तस्बिर राख्नु कतिको जायज छ । चन्दननाथ मन्दिरको आफ्नो इतिहास छ ।

त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले मन्दिरमा कसैको राजनीतिक आस्था सँग जोडेर पूर्व राजपरिवारका तस्बिर राख्ने काम गलत भएकाे बताए । यस अघि मन्दिरमा कोही कसैले त्यस्तो गर्ने प्रचलन थिएन । उनका अनुसार निवर्तमान चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिंह कठायतले पूर्व राजा रानीका फोटा राखेपछि विवाद भएको थियो । उनले भने,’मन्दिर भित्र राखेका पूर्व राजा रानीका फोटा हटाउनका लागी छलफल भए पनि निवर्तमान अध्यक्ष पूर्णसिंह कठायतले नमानेका हुन् ।

मन्दिर जस्तो ठाउँमा राजनीतिक रङ्ग दिँदा यहाँका सरोकारवाला निकाय मौन भएका छन् । यो मन्दिरको संरक्षकको जिम्मेवारी प्रमुख जिल्ला आधिकारी नै तोकिएको छ । अहिले अम्मर बहादुर थापाको नेतृत्वमा नौ जनाको चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समिति छ । समितिका कोषाध्यक्ष नवराज श्रेष्ठले निवर्तमान गुठी व्यवस्थापन समितिले सबै पूर्व राजाहरूका फोटा राखेको बताए । उनका अनुसार मन्दिर भित्रको अफिस कोठा , विवाह मण्डप लगायत ठाउँमा पूर्व राजाहरूका सबै फोटाहरू राखिएका छन् । उनले भने, यो निवर्तमान अध्यक्ष  पुर्णसिहं कठायतले राखेका हुन ।  उनले भने,’यस विषयमा कार्य समिति बसेर छलफल गर्ने छौँ ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा चन्दननाथ भैरवनाथ मन्दिरका संरक्षक जयकुमार घिमिरेले मन्दिरमा पूर्व राजा रानीका फोटा राखिएको बारेमा जानकारी नभएको बताए । उनले भने,’ यो समितिको जिम्मा हो । प्रजिअ घिमिरेले मन्दिर जस्तो ठाउँमा पूर्व राजा रानीका फोटा राख्न नहुने हो । यस विषयमा समिति सँग बुझ्ने बताए । मन्दिर जस्तो पवित्र ठाउमा बस्ने व्यक्तिको यो खालको हबिगतले चन्दननाथ मन्दिरको इतिहास भन्दा पनि व्यक्तिगत स्वार्थ जोड्न खोजिएको देखिन्छ ।

Loading...