माछापुच्छ्रेमा वडाध्यक्ष गुरुङको दादागिरी, नाम राम काम रावणको

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष रामबहादुर गुरुङले एक स्थानीयमाथी हातपात गरेका छन् । एक योजनाका उपभोक्ता समिति अध्यक्षमाथी ‘डन’ सैलिमा मुक्का प्रहार गर्दै वडाध्यक्ष गुरुङले दुर्व्यबहार गरेका हुन् ।

आइतबार दिउँसो वडाध्यक्ष रामबहादुर गुरुङले इदिखोला सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथी जाइलागेका हुन् ।

संघीय बजेट प्रदेश सरकारमा हस्तान्त्रण भई निर्माणको अन्तिम चरणमा रहेको खोराको मुख उपल्लो इदि उपभोक्ता समितिद्वारा निर्माण गरिँदै गरेको सडक खण्डलाई किन छिटो नसकेको भन्दै गुरुङले आफुमाथि अपशब्द बोल्दै मुक्का प्रहार गरेको उपभोक्ता समितिका अध्यक्ष भण्डारीले आरोप लगाएका छन् । उनले भने, ‘उपभोक्ता समितिमार्फत निर्माणको अन्तिम चरणमा रहेको सडकको विषयलाई लिएर उहाँले किन काम छिटो नसकेको भन्दै अपशब्द बोल्दै गालामा मुक्कै–मुक्काले हिर्काउनु भयो ।’

सडककै कामको शिलशिलामा ट्रिपर बनाउन खोरकोमुखस्थित वर्कसपमा भएका बेलामा वडाध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भण्डारीले बताए । उनले थपे, ‘नेपाल सरकारको केन्द्रिय बजेट प्रदेश सरकारमा हस्तान्त्रण भई उपभोक्ता समितिको हैसियले मैले सकेको योगदान गरिरहेको छु, मलाई एक्कासी आएर अभद्र व्यवहार गरेपछि यसो नगर्न आग्रह गर्दा उहाँले उल्टै मुक्का प्रहार गर्नुभयो, म भाग्न सफल भए ।’ उनले कार्वाहीका लागि आजनै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । उनले वडाध्यक्ष गुरुङमाथि कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

 

वडाध्यक्ष गुरुङ यसअघिपनि वडाकै एक जना इञ्जियरमाथि कुटपिट गरेको घटनामा विवादमा आएका थिए ।

अध्यक्ष गुरुङले सोेही वडाका सब इन्जिनियर लक्ष्मण जिसीलाई रगताम्य हुनेगरी कुटेका थिए ।

कुटपिटपछि घाइते भएका इन्जिनियर जिसीलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

Loading...