दिपा र महेशको देउडा गीत ‘साली भिना’ले सामाजिक सञ्जालमा तरङ्ग

चर्चित गायक दिपा रोकाया र महेश कुमार औजीको ‘साली भिना’ बोलको कर्णप्रिय देउडा गीतले साङ्गीतिक माहौललाई तरङ्गित बनाएको छ । सामाजिक सञ्जाल टिकटक, युट्युब फेसबुक लगायतमा गीत चर्चामा छ ।

‘साली भिना’ गीतका टुक्काहरूमा टिकटक बनाउनेको सङ्ख्या बढ्दो छ ।

गायिका दिपा रोकायाले गायक महेशकुमार औजीको साथमा नयाँ देउडा गीत सार्वजनिक गरेर आफ्ना फ्यानहरूलाई खुसी तुल्याएकी छिन् । प्रतिभाशाली जोडीले आफ्ना श्रोताहरूको लागि मनमोहक साङ्गीतिक अनुभव सिर्जना गर्न सामेल भएका छन् ।

दिपा रोकाया देउडा तथा लोक गीत गायनमा उल्लेखनीय प्रतिभाको रूपमा परिचित छिन् ।  रोकाया वर्षौंदेखि साङ्गीतिक कर्ममा आफूलाई एक प्रतिभाशाली व्यक्तित्वको रूपमा स्थापित गरिरहेकी छिन् ।

‘साली भिना’ को रचना नरेन्द्रराज रेग्मीको रचना रहेको छ । गीतले स्थानीय भाषा र संस्कृतिको सारलाई सुन्दरतरिकाले प्रस्तुत गरिएको छ ।

 

दीपा रोकाया र महेश कुमार औजीका फ्यानहरू यी निपुण कलाकारहरूको अर्को मन्त्रमुग्ध देउडा गीतको  ‘साली भिना’ सुनेर मनोरञ्जन लिइरहेका छन्।

श्रोताहरूले महेश कुमार औजीको आधिकारिक युट्युब च्यानलमा देउडा गीत ‘साली भिना’को आनन्द लिन सक्नेछन् ।

 

Loading...