थलारामा ‘ग्रीन हाउस’भित्र धान रोपाइँ

Masta Gaupalika
बझाङको थालारा गाउँपालिका-६ पिखेतमा अधिकांश परिवारलाई एकएकवटा तरकारी टनेल दिइएको छ । अहिले हरियाली खेतबारीमा टनेलका खम्बा मात्रै छन् ।  तरकारी खेती गर्नुको साटो टनेलका खम्बा भित्र धान रोपिएको पाइएको छ ।
सुदूरपश्चिम प्रदेश कृषि मन्त्रालयको आर्थिक वर्ष २०७७/७८ बाट लागु भएको ३ वर्षको कर्मागत योजनाको लागत ३१ लाख रुपैयाँ  रहेको  छ । तरकारी ब्लग बनाउनको लागी पहिलो वर्ष १५ लाख रकम विनियोजन भएको थियो । यस्तै दोस्रो वर्ष १० लाख र तेस्रो वर्ष ६ लाख रुपैयाँ गरी जम्मा ३१ लाख रुपैयाँ विनियोजन भएको छ । उक्त योजनाको जिम्मा पिखेत तरकारी ब्लग सञ्चालक समितिले पाएको छ । अहिले पिखेतमा ४० वटा टनेल छन् ।
वर्षौँभरि तरकारीमय बनाउन दिइएको टनेल अहिले धान रोप्न प्रयोग गरिएको छ । अहिले खेतीयोग्य जमिनमा टनेलका खम्बा र भित्री धान भित्री धान देखिन्छ । खेतमा पानी हुने भएकोले अहिले धान रोप्नुपरेको पिखेत तरकारी ब्लग सञ्चालक समितिका अध्यक्ष कृष्ण रोकायाले बताए । उनले भने “खेतमा अहिले धेरै पानी जम्ने भएकाले यो बर्खा याममा धान रोपेका छौँ”।
यता कृर्षि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले वर्षौँभरि तरकारीमय बनाऊ भनेर सरकारले दिएको टनेलमा कृषकले धान रोप्न नहुने बताएका छन् । नेपाल एंगलसंग कुरा गर्दै विष्टले भने  “टनेल बनाउने बेला त्यस्तो पानी जम्ने ठाउँमा बनाउने होइन । वास्तवमा यसको धर्म, आश्रयले टनेल भनेकै अक्सिजनमा, झरीमा पानीमा, हिमपातमा पनि तरकारी फलाउला भन्ने हो उद्देश्य । उहाँले त्यो नगरेको भए हुन्थ्यो । साइड सेलेक्सन गर्दा खेरि गल्ती भयो होला । तरकारी खेती गर्न दिइएको लगानीमा तरकारी खेती नै राम्रो होला भन्दै सम्झाएको बताए ।
Loading...