मोडलिङमा जम्दै बझाङकी निर्मला

छविसपाथिभेरा गाउँपालिका वडा नं. २ मुम्लामा जन्मिएकी २१ वर्षिया निर्मला कडायत मोडलिङमा उदाउँदै छिन् । काठमाडौँलाई कर्मथलो बनाएर गीतसङ्गीतका भाकामा हाउभाउ दिन निर्मला व्यस्त छिन् । सानै देखि कलाकारिता क्षेत्रमा रुचि भएकी उनी अहिले केही गीतको मुख्य भूमिकामा देखा परिसकेकी छिन् ।
उनले हालसम्म पाँच वटा गीतहरूमा अभिनय गरिसकेकी छिन् । आधुनिक गीत र एक दोहोरी गीतमा कडायत मुख्य भूमिकामा देखिएकी छिन् । पहिलो पटक निर्गुनी बोलको आधुनिक गीतको मुख्य रोलमा देखिएकी कडायतको अभिनयलाई दर्शकले रुचाएका थिए । लगत्तै ‘हितैकी परानी’ बोलको गीतमा प्रेम बोहरासँग कडायतले जोडी बाँधेकी थिइन् । त्यस्तैै ‘तिमि आउँछेउकी भनी’ बोलको गीतमा कडायत मुख्य भूमिकामा देखा परिन् । हालै ‘चाहाना यो मनको’ सिसिर श्रेष्ठसँग कडायताले स्क्रिन सेयर गरेको गीत बजारमा आएको छ ।
अभिनयसँगै पत्रकारिता गरिरहेकी निर्मलाको प्रस्तुति साङ्गीतिक सर्जक तथा उत्पादकहरूको नजरमा पर्ने गरेको छ ।
कैलालीको एसपीए कलेजबाट प्लस टु सकेकी निर्मला अब भने कलाकारिता क्षेत्रमै जम्ने प्रयत्न गरिरहेकी छिन् । उनीसँग ६ प्रश्न ।
मन पर्ने मोडल पुरुष? 
विक्रम बुढाथोकी
मन पर्ने मोडेल नारी?
मालिक महत
को सँग अभिनय गर्न पाए हुन्थ्यो भन्ने लाग्छ?
पल शाह
प्रेम के हो?
अरूको खुसीमा रमाउन सक्नु प्रेम हो ।
पहिलो प्रेम कहिले र को सँग?
अहिलेसम्म प्रेम नै भएको छैन ।
कुन कलाकारसँग डेटिङ जान चाहानु हुन्छ?
समयले जुराएछ भने प्रदीप खड्कासँग ।
Loading...