ल्याब असिस्टेन्टको परीक्षा निस्पक्ष नभएको आरोप

छबिस पाथीभेरा गाउँपालिका -३ स्थित बान्नीचौर माद्यमीक विद्यालयको प्राविधिक धारतर्फको ल्याब असिस्टेन्ट विषयको परीक्षा निष्पक्ष नभएको आरोप लागेको छ ।

लिखित परीक्षाको नतिजानै सार्वजनिक नगरेको आरोप उम्मेदवारहरुको छ । अन्तर्वार्ताको समयमा प्रायः सक्कल डकुमेन्ट लिनुपर्ने प्रावधान छ । तर सक्कल प्रमाणपत्र बिना अन्तर्वार्ता लिइएको छ ।

सक्कल प्रमाणपत्र नभएका उम्मेदवारलाई अन्तर्वार्तामा सामेल गरि उतिर्ण गरेको भन्दै बान्निचौर माध्यमिक विद्यालयको कार्यलयमा तालाबन्दी समेत गरिएको छ ।

हिजो बुधबार गाउँपालिकाले लिएको ल्याब असिस्टेन्ट बिषयको परीक्षामा ३ जना उम्मेदवार रहेका थिए । परीक्षामा सहभागी ३ जना मध्ये एक जना लिखितमानै बाहिरिएका थिए । अन्य २ जना लिखित परीक्षामा उत्तीर्ण भए पनि अन्तर्वार्तामा भने सक्कल डकुमेन्ट नभएका उम्मेदवारलाई उतिर्ण गरिएको स्थानीयले आरोप लाएका छन् ।

परीक्षाको नतिजाबारे गाउँपालिकाको सूचना बोर्डमा सूचना टाँसिएको छैन । नतिजा सार्वजनिक हुनुभन्दा अगावै परीक्षा समितिद्वारा भित्रीबाट सामाजिक सञ्जालमा बधाई दिइएको थियो । बान्नीचौर माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज भट्टले मेरो विद्यार्थी हो भन्दै परीक्षार्थी विमल जोशीलाई राख्न आग्रह गरेको अर्का उम्मेदवारले बताएका छन् ।

ल्याब असिस्टेन्ट बिषयका उमेदवार झलक बोहराले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन् : छबिस पाथीभेरा गाउँपालिकामा हिजो भएको लयाब असिस्टेन्टको परीक्षामा ३ जना परीक्षार्थी थियौं । जसमा दुई जनाको इन्टरभ्यु भएको थियो । अन्तर्वार्ता हुँदै गर्दा हामी नतिजाको पर्खाइमा थियौं । बाहिरी रहेको नोटिसबोर्ड मा नतिजा न राखी आफ्नो मन मर्जीले, आ-आफ्नो मान्छे राखेको छ । पावर, पैसा हुनेहरुका लागि सबै हुने रहेछ ।

उम्मेदवार विमल जोशीले दर्खास्त दिने बेला विद्यालयमा पेश गरिएको प्रमाणपत्र :

२०७९ सालमा प्राविधिक माग गरिएको परिक्षमा विभिन्न सेटिङहरु नमीलदा अहिलेसम्म रोकिएको थियो । यता बान्नीचैर माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज भट्टले आफू परीक्षा समितिको अन्तर्वार्तामा बसेको बताएका छन् । प्रअ भट्टले भने “विमललाई मेरो विद्यार्थी हो भनेकै हो । मैले आफ्नो मान्छेलाई राखेको छैन । परीक्षा समितीलाई थाहा होला । यो विद्यार्थीको डकुमेण्ट छैन त भनेकै हुँ । अरुले नतिजा पास आउट गरेको हो ।

शिक्षा समिती संयोजक श्याम बहादुर सिंहले पनि इन्टरभ्युमा प्रधानाध्यापक बसेका र परीक्षाहुँदा आफुलाई नबोलाएको बताए । मलाई किन बोलाउनु भएन भनेर विवाद गरेको हुँ, उनेले भने । अन्तर्वार्तामा सक्कली डकुमेन्ट आवस्यक पर्छ समेत मैले भनेको थिएँ ।

यस्तै हिजो नै गरिएको नेपाली विषयको शिक्षक भर्नामा बाह्य जिल्लाको उमेदवारलाई राखेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । जारी गरेको विज्ञापनमा स्थानीयलाई विशेष प्राथमिकता दिइने भनेको थियो ।

यश बिषयमा बुझ्न खोज्दा छबिस पाथिभेरा गाउँपालिका शिक्षा शाखा प्रमुखसंग सम्पर्क हुन सकेको छैन ।

Loading...