नेपाल टेलिकमको ५० रुपैयाँ दरका झण्डै १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ ।
‘नमस्ते ब्राण्डको रिचार्ज कार्ड’ ढुवानीका क्रममा हराएको नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालय बबरमहल काठमाण्डौले जनाएको छ ।
निर्देशनालयले आज सार्वजनिक सूचना निकालेर सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको जनाएको छ ।
ती सिरियल नम्बर भएका रिचार्ज कार्ड खरिदबिक्री नगर्न पनि निर्देशनालयले अनुरोध गरेको छ ।
