बैतडीमा सर्पको टोकाइबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
महिनावारी भएको बेला गोठमा सुतिरहेको अवस्थामा अनितालाई मङ्गलवार राती सर्पले टोकेको र बुधवार बिहान उनको मृत्यु भएको वडा नं ४ को कार्यालयमा कार्यरत ईएमआइएस अपरेटर समेत रहनु भएका स्थानीय प्रेम बहादुर चन्दले जानकारी दिएका छन् । ‘महिनावारी भएको ४ दिन भएको रहेछ, गाई र्भैँसीकै गोठमा सुतेकी रहिछन्, आफन्त चन्दले भने, मध्य राती सर्पले टोकेर घाइते बनाएको हो, आफन्तले वैद्यलाई बोलउँन गएको समयमा उनको घरमै मृत्यु भएको हो’ ।
किशोरी अनिता नजिकैको जवलपुर मावि सैलोडामा कक्षा ९ मा अध्ययनरत थिइन् । महिनावारी भएको बेला अधिकांश महिला तथा किशोरीहरू गोठमै सुत्ने गरेको स्थानीय चन्दले बताएका छन् । ‘देवीदेवताको डरका कारण केही महिला तथा किशोरीहरू गोठमा सुत्छन्, केही घरमा अलग्गै सुत्ने गरेका छन् ।,’ स्थानीय चन्दले भने ।