रबी लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उनकै कार्यकर्ताले बदनाम गरिरहेका छन् । कार्यकर्ताका यस्ता हर्कतले रबी स्वयम् हैरान छन् । एक सार्वजनिक कार्यक्रममा सभ्य र संयम हुन उनले आफ्ना कार्यकर्तालाई आग्रह गरेका थिए ।
रास्वपा बझाङ-काठमाडौँ सम्पर्क विभागको नाममा खोलिएको फेसबुक आइडीबाट अश्लील गाली गलौच गरिरहेको पाइएको छ । उक्त फेसबुकबाट विभिन्न व्यक्तिलाई अपशब्द प्रयोग गरेको भेटिएको छ।
बुधवार नेपाल एंगलमा लेखिएको ‘रास्वपाका नेता पेट्रोलका अवैध कारोबारी, बझाङमा छैन नियमन’ शीर्षकको समाचार सामाजिक सञ्जालमा सेयर गर्दा रास्वपासँग जोडिएको फेसबुक फेसबुक आइडी बाट र केहि व्यक्तीले गालीगलौज गरिरहेका छन् ।
उनीहरूले फेसबुक आइडीबाट गैरकानुुनी काम गर्न चुनौती दिईरहेका छन् ।
उनिहरुले आइडीको दुरुपयोग गर्दै लेखेका छन्, ‘तिमीहरूलाई एमाले काङ्ग्रेस माओबादी भयो भने घुस दिन्थ्यो होला तर रास्वपा तिमीहरू जस्ता घुस खोरी पत्रकार हरूलाई धुलो चटाएर छोड्छ ।’
उनीहरू फरक दलका कार्यकर्ता हरूलाई तुच्छ शब्द प्रयोग गरि गालीगलौज गर्ने गरिरहेका छन् ।
रास्वपा बझाङ काठमाडौँ सम्पर्क विभाग जिल्ला संयोजक महेश खड्काले आफ्नै साथीहरूले चलाउने गरेको बताए । तपाई संयोजक हो, तपाईँले यस्तो लेखेको हो ? होइन भने अरूलाई लेख्न लगाएको हो? सञ्जालमा अराजकतालाई प्रश्रय किन दिएको? भन्दा उनले डिलिट गर्न लाउनुपर्ला भन्दै फोन काटेका छन् ।