झोतामा अटो दुर्घटना, सवार १ जना घाइते, जिल्ला अस्पताल भर्ना

बझाङको केदारस्युँ गाउँपालिका -९ झोतामा अटो दुर्घटना भएको छ । दुर्घटनामा परि अटोमा सवार ५ जना मध्ये १ जना घाइते भएका छन् । अन्य ४ जनालाई सामान्य चोट लागेको छ ।

आइतबार दिउँसो ३:१५ बजे झोताबाट भाँडे बजार आउनेक्रममा सु.प.प्र ०१-००१ ह ५०२५ नम्बरको अटो झोता मल्लो बजार एक्कासि ब्रेक नलाग्दा सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा छबिस पाथिभेरा गाउँपालिका-२ का २५ वर्षीय नीराजन ऐडि रहेका छन् । उनको दायाँ हात र बायाँ खुट्टामा चोट लागेको छ । थप उपचारका लागी घाइते ऐडिलाई जिल्ला अस्पताल सिमखेत लगिएको छ । अटो चालक विक्रम सार्की सहित अन्य ५ जनालाई सामान्य चोट लागेको छ ।

Loading...