सुदूरपश्चिमका वन निर्देशकले मातहतका कार्यालयबाट यसरि असुल्छन् रकम (भिडीयो सहित)

सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले मातहतका कार्यालयहरुबाट रकम असुली गर्दै आएको खुलासा भएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक भट्टले डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट अवैध रकम असुली गर्दै आएका हुन्।

कार्यालयका प्रमुखहरुले निमित्त निर्देशक भट्टलाई रकम बुझाउदै आएका छन्। मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडिओमा निर्देशक भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन्।

मन्त्रालय स्रोतले उपलब्ध गराएको भिडिओमा निर्देशक भट्ट मादक पदार्थ सेवन गरेको जस्तो देखिन्छन। उनले भिडिओमा भनेका छन, ‘उस्ले कति दियो मलाई २० दियो। कोले अछामले, बाजुराले दिएन। डोटीले ५० दियो। बझाङले २० दियो, दार्चुलाले दिएन। मतलब पनि भएन। बैतडीले दियो १४, कञ्चनपुरले ३० दियो। जोशी जीले ५० दिए।’

 

उनलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम पठाएको छैन। मन्त्रालय स्रोतका अनुसार डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुले गैरकानूनी कामबाट कमाएको रकमबाट आधा रकम निर्देशक भट्टलाई पठाउने गरेका हुन्। निमित्त निर्देशक भट्टले भने रकम नउठाएको बताएका छन्।

उनले डिभिजन वन कार्यालयका प्रमुखहरुलाई सोध्न भने, मैले पैसा मागेको छैन। झुटो होला, घरबाट ल्यायर खुवाउने मान्छे हो। जिल्लाका मान्छेलाई हजुरले सोधे हुन्छ।’ वन मन्त्री रमेश धामीले यो विषयमा जानकारी नभएको प्रतिकृया दिए।

उनै भट्टलाई सुदूरपश्चिम सरकारले पुनःनिर्देशकको जिम्मेवारी दिने तयारी गरेको छ। सुदूरपश्चिम सरकारले वन निर्देशक, डिभिजन वन कार्यालय तथा सब डिभिजन वन कार्यालयका प्रमुखहरुको सरुवा गर्न लागेको हो। प्रदेशका वन मन्त्री धामी र मुख्यमन्त्री कमलबहादुर शाहको बिचमा वनका कर्मचारी सरुवामा मतभेद देखिएको स्रोतले बताएको छ।

Loading...