कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धान प्रशिक्षण सञ्चालन 

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको संस्थागत अनुसन्धान समिति (आइआरसी)ले अनुसन्धान पद्धति प्रशिक्षण उद्घाटन गरेकाे छ ।
प्रतिष्ठानमा स्नातकोत्तर तहमा विद्यार्थीहरूको लागि एक हप्ताको अनुसन्धान पद्धति प्रशिक्षण गरिने शिक्षा अध्यक्ष डाक्टर डबल बहादुर धामी (हिमाल) ले जानकारी दिए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुसन्धान समितिले स्नातकोत्तर तहका विद्यार्थीका लागि भदौ ३ देखि ८ गतेसम्म साताव्यापी अनुसन्धान पद्धति तालिम सञ्चालन भएको छ ।

आइआरसीका अध्यक्ष प्राध्यापक डाक्टर सेशानन्द सन्जेलले अनुसन्धान कौशल वृद्धि गर्ने गरेर विद्यार्थीहरूलाई सुसज्जित गर्ने कार्यक्रमको उद्देश्य रहेको उल्लेख गरे । आइआरसी सदस्य-सचिव डा. पूजन कुमार रोकायाले प्रख्यात अन्वेषकहरू र शिक्षाविद्हरूको नेतृत्वमा प्रशिक्षणले अनुसन्धान डिजाइन, डेटा विश्लेषणमा दक्षता वृद्धि हुने अपेक्षा व्यक्त गरे । सहभागीहरूले कार्यशाला र केस स्टडीहरू मार्फत व्यावहारिक अन्तर्दृष्टि प्राप्त गर्ने कुरामा डा. रोकायाले जोड दिए ।

 प्रतिष्ठानका रेक्टर डा. धामीले आइआरसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दक्ष जनशक्ति उत्पादनका लागि कार्यशाला, प्रशिक्षण र अनुसन्धानलाई प्राथमिकता राखिने उल्लेख गरे । भदौ ८ गते सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेर प्रशिक्षण समापन हुने छ ।
Loading...