जयपृथ्वी अस्पताल प्रालिमा वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर आउने भएका छन् । लामो समय मानसिक अस्पताल लगनखेलमा काम गरेका वरिष्ठ मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर (एम.डी. इन साइकेट्री) नीराजन भट्टराई आउन लागेका हुन् ।
मानसिक स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्या तथा रोगको उपचार यही भाद्र १० र ११ गते जयपृथ्वी अस्पताल चैनपुरमा आउने भएकाले सेवा लिन हुन सबैलाई अस्पतालले आग्रह गरेको छ ।
के के हुन्छ उपचार ?
मिर्गी तथा छारे रोग, बेहोस हुने, मुर्छा पर्ने माइग्रेन हेडेको समस्या तथा लामो समयदेखि ठिक नभएका सबै किसिमका मानसिक समस्याहरूको उपचार, (आत्तिने रोग) का लक्षणहरु:
धेरै आत्तिने, मनमा धेरै कुरा खेल्ने, नकारात्मक सोचविचार धेरै आउने, चिन्ता धेरै लाग्ने, मुटु को धड्कन बढ्ने, पसिना धेरै आउने, सास फेर्न गाह्रो हुने, निद्रा नपर्ने, निद्राबाट ब्युँझिरहने, सामान्य कुरामा पनि धेरै आत्तिने, डराउने समस्याको उपचार।
निराशापन सम्बन्धी रोग:
कारण बिना दुखी भइरहने, थकाइ लागिरहने, जोस जाँगर कम हुने, रमाउन नसक्ने, निद्रामा समस्या, खानामा रुचि नहुने, आत्मविश्वास कम हुने, ध्यान दिन नसक्ने ध्यान भड्कने समस्याको उपचार ।
कुलत/दुर्ब्यसन:
जाँडरक्सी, चुरोट-सुर्ती, गाँजा, अन्य लागूपदार्थको कुलत/दुर्व्यसनका समस्याहरूको उपचार तथा परामर्श ।
साई कोसिस :
अत्यधिक/अपत्यारिला शङ्का/डर लाग्ने, नभएका कुरा सुन्ने/देख्ने, झोक्री रहने समस्याको उपचार।
बालबालिकामा देखिने मानसिक समस्याहरू :
मानसिक सुस्तपन पढाइ र सिकाइमा धेरै पछि पर्नु, झिँजोपन, अति रिसाहा वा चकचके हुने ।
वृद्धावस्थामा देखिने मानसिक समस्याका केही लक्षणहरु:
बिर्सने समस्या, व्यवहारमा परिवर्तन निराशापन, बोलीचालीमा कमी, निद्रामा समस्याको उपचार।
यौन सम्बन्धि समस्या
यौन इच्छा तथा यौन सन्तुष्टि नहुने, शीघ्र स्खलन हुने समस्याको उपचार गरिने अस्पताल व्यवस्थापक अशोक मल्लले बताएका छन् ।