मण्डेल परिवारद्वारा सुर्मादेवी मन्दिर प्रवेशद्वार निर्माण

छबिस पाथिभेरा गाउँपालिका – ७ स्थित घट्टे गाउँको एक परिवारले एक उदाहरणीय काम गरेको छ । गाउँको कुसिनि परिवारको प्रवासी काेषले भारतको बैंकलोरमा पैसा सङ्कलन गरी विगत लामो समयदेखि संरक्षण, संरचनाको अभाव, ओझेल र विकासको पर्खाइमा रहेको सुर्मा देवी मन्दिरको प्रवेशद्वार गेट निर्माण गरेको छ ।

गाउँका स्थानीयले सुर्मादेवी कुसिनी प्रवासी कोष भारत बैंलोरकोमा २०१७ अप्रिल ४ मा स्थापना गरेका थिए । त्यही कोषमा जम्मा गरिएको रकम अहिले गाउँमा विकास निर्माणका लागी लगानी भइरहेको छ । उक्त प्रवासी कोषबाट नै मन्दिरको मूल प्रवेशद्वार गेट निर्माण गरिएको कोष समितिका अध्यक्ष हर्कराज मण्डेलले बताएका छन् ।

मण्डेल परिवारले निर्माण गरेको सुर्मादेवी मन्दीर प्रवेशद्धार

जसको निर्माण लागत डेढ लाख लाख रुपैयाँ रहेको छ ।

स्थानीय जगत मण्डेलले भनेका छन् ,“जसरी यो कामको लागि कोष सञ्चालन गरी आर्थिक जम्मा गरी राम्रो कामको लागि लगानी गर्नुभयो म लगाए सम्पूर्ण गाउँवासीहरू धेरै नै खुसी छौँ। यसरी नै हामी गाउँ बासी दाजुभाइ मिलेर राम्रो कामको लागि अगाडि बढ्नुपर्छ। शिलालेखमा मात्र सीमित नहोस् त्यो नामहरू ।”

मण्डेल परिवारको नामावली

यो भन्दा अगाडि सोही गाउँको युवा समूहले चन्दा सङ्कलन गरेर मन्दिर निर्माण गरेको थियो । त्यहाँका स्थानीयहरू आफ्नो श्रम र देश, विदेशमा रहेका आफन्तको चन्दा सहयोगबाट विभिन्न काम गर्ने गर्छन् ।

अलौकिक सुर्मा देवी प्रति अविस्मरणीय आस्था बोकेका र विशेष धार्मिक कार्य गर्ने स्थानीयले, ढुंगामाटो गारो र टिनको छानो भएको पुरानो मन्दिरलाई समेत भत्काएर नयाँ निर्माण गर्न सकियो भने अझै राम्रो हुने सोच बनाइरहेका छन् ।

धार्मिक स्थान भएको उक्त क्षेत्रमा यो समय सुर्मादेवी बिरिजात मेलाको पर्व लागेको छ । यो विशेष पर्वलाई दैपाडमा ‘ढाँका’ बजाएर नाच लगाउँदै १० दिनसम्म मनाइने गरिन्छ । स्थानीयहरू ठुलो जमातमा विभिन्न किसिमका खेलहरू खेल्दै, ढाँका नाच नाच्दै, ढुस्का गीतहरू गाउँदै तथा धामी झाँक्री काम्दै तीर्थस्थल सुर्मा सरोवर स्नानका लागि जाने गर्दछन् । बिरिजात बझाङको धार्मिक महत्वको पर्व हो । विशेषतः सुर्मादेवी भगवती माताको लामो समयसम्म पूजा आराधना गरी मेला मनाउने प्रचलन रहेको छ।

Loading...