सामाजिक संजाल म्यासेन्जरमा अपरिचित महिलालाई ‘भिडियो कल’ गरेर अश्लिलता प्रदर्शन गरेको आरोपमा एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–४ घर भएका २९ वर्षीय तुफान केसी छन् ।
आरोपीतलाई काठमाडौँबाट पक्राउ गरिएको साइबर ब्यूरोका एसपी पशुपति कुमार रायले रातोपाटीलाई बताए । ‘भिडियो कल’ गरेर फरक मोबाइलमा रेकर्ड समेत गर्दै आरोपीतले नकारात्मक कमेन्ट गरेको पीडितको आरोप छ । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी रायले जानकारी दिए ।