बझाङमा रूपान्तरण अभियान: एमालेका किसान उपाध्यक्षलगायत माओवादी प्रवेश

नेकपा माओवादी केन्द्र हाल तीन महिने रूपान्तरण अभियानमा गाउँ केन्द्रित भएको छ । पार्टीको केन्द्रीय सर्कुलर अनुसार माओवादी केन्द्रले तीन महिने रूपान्तरण अभियान सञ्चालन गरिरहेको छ ।

रूपान्तरण अभियानकै क्रममा बझाङमा अन्य दल परित्याग गरी माओवादी प्रवेश गर्ने क्रम चलिरहेको छ । बिहीबार जयपृथ्वी नगरपालिका वडा नं. ५ मा केही व्यक्तिहरू अन्य दल परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका छन् । प्रवेश गर्ने मध्ये एमालेको जन वर्गीय सङ्गठन किसान महासङ्घका जिल्ला उपाध्यक्ष रामलाल जैंशी लगायत रहेका छन् । एमाले परित्याग गरी नवराज जोशी, गौरीलाल उपाध्याय, धनपति उपाध्याय (शिक्षक) माओवादी प्रवेश गरेका हुन् । नेपाली काँग्रेस परित्याग गरी मनराज कोइराला माओवादी प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रको वडा भेलामा बझाङ जिल्ला इन्चार्ज लालबहादुर सोडारी (दर्शन), जिल्ला समन्वय समिति सदस्य तथा पार्टी जिल्ला सचिव नरेन्द्र सिंह, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज देवीजंग बहादुर सिंह र जयपृथ्वी नगर कमिटी सचिव कवि बहादुर बिस्टले पार्टी प्रवेश गरेर आएका व्यक्तिहरूलाई स्वागत गरेका थिए ।
Loading...